संसारी खबर अनलाईन शुभारम्भ

Logo
Nav Nepal बिहिबार, भाद्र १९, २०८२

विराटनगर १९ भदौ । विराटनगरबाट संसारी खबर अनलाईन समाचार पोर्टलको शुरुवात गरिएको छ ।

प्रेस खबर मिडिया प्रालिद्धारा सञ्चालित अनलाईनको नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले शुभारम्भ गर्नु भएको थियो । विराटनगर ८ मा कार्यालय रहेको अनलाईनको आजदेखि औपचारिक रुपमा शुरुवात गरिएको संस्थाका अध्यक्ष सुनिल यादवले बताउनुभयो ।

अनलाईन शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष खड्का, कोशी प्रदेशका पूर्व मन्त्री जयराम यादव, विराटनगर महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष राम पोखरेल, नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष सन्तोष सिग्देलले संसारी खबर अनलाईनको सफलताको शुभकामना दिनुभयो ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077