कोशी प्रदेशलाई भदौ २५ गते पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिने

Logo
Nav Nepal बिहिबार, भाद्र १९, २०८२

विराटनगर,१९ भदौ ः आगामी भदौ २५ गते कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिने भएको छ ।
पूर्ण खोप सुनिश्चितता एवं दिगोपना प्रदेश प्रमाणीकरण÷घोषणा सम्वन्धी प्रदेश खोप समन्वय समितिको आज बसेको बैठकले भदौ २५ गते प्रदेश पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिने निर्णय भएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक तथा प्रदेश खोप समन्वय समितिका सदस्य सचिव ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुशार भदौ २९ गते नेपाललाई पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिने कार्यक्रम पूर्व प्रदेशलाई घोषणा गरिने उहाँले बताउनुभयो ।
कोशी प्रदेशका १४ वटै जिल्लाले यसअघि नै पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरेका छन् ।
वैशाख २७ देखि असार ३० गते सम्ममा प्रदेशका एक हजार १५७ वडा र १३७ वटा स्थानीय तह र १४ वटा जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरेको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले बताउनुभयो ।
प्रदेशका सवै वडा, स्थानीय तह र जिल्लाहरुले पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिसकेकाले प्रदेशलाई भदौ २५ गते घोषणा गरिने उहाँले बताउनुभयो ।
सङ्घीय सरकारले प्रदेश पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणाका लागि भदौ १५ गते अनुमति दिएको उहाँले बताउनुभयो ।
समन्वय समितिको बैठकमा खोपबाट बचाउन सकिने रोगहरुको अवस्था, नियमित खोप व्यवस्थापन, खोप निगरानी, जापनिज इन्सेफ्लाईटिस लगायतबारे छलफल गरि आगामी आर्थिक वर्ष २०८२ः०८३ मा खोपलाई विशेष प्राथमिकतामा राखी खोप कार्यक्रमलाई प्रभावकारि बनाईने निर्णय गरिएको सदस्यसचिव बस्नेतले जानकारी दिनुभयो ।
प्रदेशमा जापनिज इन्सेफ्लाईटिसबाट १८ जना सङ्क्रमित भएको बताईएको छ । यसअघि सो रोगबाट सन् २०२४ मा १६ र सन् २०२३ मा १९ जना सङ्क्रमित भएका थिए ।
प्रदेश खोप समन्वय समिति बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेले शुन्य डोज र ड्रप आउटको समस्यालाई आगामी दिनमा सुधार गर्दै लगिने बताउनुभयो ।
प्रदेशमा शुन्य डोज भएका बालबालिकाको सङ्ख्या १५१ रहेका छन् । पूर्ण खोप लगाउनबाट बञ्चित भएका बालबालिकाको सङ्ख्या तीन हजार ४९० रहेका छन् ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077