नेपाल उद्योग बाणिज्य महासंघ कोशीको भौतिक पूर्वाधार पुननिर्माण कोषमा सहभागी हुन आग्रह

Logo
Nav Nepal बिहिबार, आश्विन ०९, २०८२

विराटनगर ९ असोज । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशले नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुननिर्माण कोषमा योगदान गरी पुर्ननिर्माणको महान अभियानमा सहभागी हुन आग्रह गरेको छ ।

महासंघ कोशी प्रदेशले आज एक सूचना प्रकाशन गरि पुर्ननिर्माणको महान अभियानमा सहभागी हुन सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई हार्दिक अनुरोध गरेको हो । गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनबाट श्रृजित घटनाले देशमा ठूलो जनधनको क्षति भएकोप्रति बाणिज्य महासंघले दुःख व्यक्त गरेको छ ।

आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुननिर्माणको लागि आवश्यक श्रोतको व्यवस्था गर्न नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुननिर्माण कोषमा योगदान गरी पुर्ननिर्माणको महान अभियानमा सहभागी हुन उद्योगी व्यवसायीहरुलाई अनुरोध गरिएको महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077