स्वास्थ्यमन्त्री सुनुवार –दादुरा रुवेला खोप अभियान शुभारम्भ

Logo
Nav Nepal आइतबार, फाल्गुण १३, २०८०
विराटनगर,१३ फागुन । दादुरा–रुवेला निवारणका लागि आज देखि कोशी प्रदेशमा खोप अभियान शुरु भएको छ   ।
कोशी प्रदेशका स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारले विराटनगर–१५ स्थित जनविकास उच्चमाविमा आज  महिला स्वास्थ्यकर्मीलाई   खोप सामग्री हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गर्नु भयो ।
मन्त्री सुनुवारले  सरकारको लक्ष्य प्राप्तिका लागि अभियान सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।
उहाँले वालवालिकाहरु उच्च जोखिममा रहेकोले स्वास्थ्यकर्मीहरु ,स्वयंसेविका र स्वयंसेवकाहरु  खोप अभियानमा उच्च मनोवलका साथ लाग्न आग्रह गर्नुभयो ।
मन्त्रालयका सचिव डा सुधा देवकोटाले खोप लगाउनबाट वालवालिका छुट्न नहुने बताउनुभयो ।
प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले  अभियान अन्र्तगत प्रदेशका नौ महिना देखि १५ वर्ष सम्मका आठ लाख ९३ हजार ९३४ बालबालिकालाई खोप लगाईने लक्ष्य रहेको  जानकारी दिनु भयो ।
राष्ट्रिय अभियान  आजदेखि देखि चैत ७ गते सम्म भएपनि प्रदेशमा चैत ३ गते भित्रमा लक्षित जनसङ्ख्यालाई खोप लगाई सक्ने जनाइएको छ ।
प्रदेशका तेहृथुम, मोरङ र उदयपुरमा आज खोप लगाउँदै अभियानको शुभारम्भ गरिएको छ भने अन्य ११ जिल्लामा फागुन १६ देखि २७ गते सम्ममा अभियान शुरुगरि चैत ३ गते भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको छ।
प्रदेशमा आठ हजार ३६६ खोपकेन्द्रमा १२ हजार ६१८ स्वास्थ्यकर्मीले खोप लगाउने कार्यमा सङ्लग्न रहने निर्देशनालयले जानकारी दिएको छ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077