राष्ट्रसेवक सहकारी संस्थाको सम्पती रु ५७ करोड

Logo
Nav Nepal शनिबार, आश्विन २५, २०८२

 

विराटनगर, २५ असोज ः राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको कुल सम्पत्ति दायित्व रु ५७ करोड ३८ लाख पुगेको छ ।
संस्थाको आज यहाँ आयोजित २७ औ वार्षिक साधारण सभामा अध्यक्ष जीवन काफ्लेले सहकारीको कुल सम्पत्ति दायित्व आर्थिक वर्ष ०८१–०८२ मा रु ५७ करोड ३८ लाख ५७ हजार ४५४ पुगेको जानकारी दिनुभयो ।
संस्थाको अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा रु ४८ करोड चार लाख रहेको थियो भने चालु आर्थिक वर्ष २०८२–०८३ मा यसलाई बृद्धि गरेर रु ६३ करोड ९० लाख १७ हजार ३०२ पु¥याइने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
संस्थाले गत आर्थिक वर्ष २०८१–०८२ मा कुल आम्दानी रु ५१ करोड ४३ लाख ५ हजार ५६९ गरी बार्षिक लक्ष्यको ९४ प्रतिशत आम्दानी गरेको अध्यक्ष काफ्लेले बताउनुभयो ।
यस्तै सहकारीको निक्षेप रु ४४ करोड ४३ लाख ११ हजार ७०९ रहेको छ भने ऋण लगानी रु ३५ करोड ८८ लाख ७२ हजार ९९४ रहेको छ ।


विस २०५५ साल साउन ४ गते स्थापित सहकारीमा अहिले एक हजार ८९३ जना शेयर सदस्यहरु रहेका छन् ।
गत आर्थिक वर्षमा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समिति, राष्ट्रिय सहकारी बैंक र प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयबाट उत्कृष्ट सहकारीको पुरस्कार प्राप्त गरिएको संस्थाका सचिव ओमराज सुवेदीले बताउनु भयो ।
साधारणसभाका अवसरमा एक पत्रकार सहित तीन जनालाई नगद सहित पुरस्कृत गरिएको छ ।


यसरी पुरस्कृत हुनेहरुमा किशोरी खतिवडा स्मृति पुरस्कारबाट निजामती कर्मचारी संगठनकी पूर्वउपाध्यक्ष इन्दिरा रिजाल (काठमाण्डौं ) ,दधिराम दाहाल स्मृति पुरस्कार समाजसेवी भवनाथ पौडेल (विराटनगर), हिरनकुमार थापा स्मृति पुरस्कार पत्रकार सुमन सुस्केरालाई निजामती कर्मचारी संगठनकी केन्द्रीय अध्यक्ष भवानी दाहाल, संस्थाका अध्यक्ष जीवन काफ्ले, दाता परिवारका सदस्य लगायतले सम्मानित गर्नु भएको थियो ।
सहकारीले ७५ बर्षमाथिका जेष्ठ सदस्य तथा कक्षा १२ र एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पनि सम्मान गरेको छ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077