

विराटनगर,२६ असोज ः विराटनगर महानगरपालिका वडा नं ११ का भरत डंगोल ६० वर्षको हुनुभयो ।
विस २०६२ सालदेखि व्यवसायिक रुपमा चित्रकला मार्फत जिविकोपार्जन गर्दै आउनु भएका उहाँको पेशा अहिले संकटमा परेको छ ।
चित्रकलाको माग हुन छाडेपछि उहाँले व्यवसाय बन्द गर्ने मनस्थिति बनाउनु भएको छ ।
विराटनगरमा ¬११ मा डिके आर्ट सञ्चालन गरेर व्यवसाय गर्दै आउनु भएका उहाँले सेन्टरमा रहेका चित्रकलाहरु अहिले नि ः शुल्क रुपमा संस्थाहरुलाई मायाको चिनोको रुपमा दिन वितरण गर्न शुरु गर्नुभएको छ ।
उहाँले चित्रकलाको बजारमा माग हुन छाडेकोले अहिले विभिन्न कार्यालयमै पुगेर दिन शुरु गरेको बताउनु हुन्छ ।
चित्रकार डंगोलले विभिन्न संस्थालाई मायाको चिनोको रुपमा दिएपछि आफ्नो कला बर्षैं सम्म रहन्छ भन्ने आशा गरेको छु ।
नेपाल पत्रकार महासंघ मोरङलाई गत भदौ २३ र २४ भएको जेनजी आन्दोलनका शहिदहरु प्रति समर्पित गरेर बनाएको चित्रकला मायाको चिनोको रुपमा आज हस्तान्तरण गर्दै आर्ट सेन्टरमा रहेका सवै चित्रकला सामाजिक सघसंस्थालाई निःशुल्क वितरण गरिने उहाँले बताउनुभयो । उहाँका अनुशार अहिले सेन्टरमा ५०–६० बटा विभिन्न चित्रकलाहरु रहेका छन् ।
उहाँले कतिपय व्यक्तिलाई निःशुल्क चित्रकला दिएको बताउनुभयो । चित्रकलाको प्रोत्साहनमा प्रदेश र स्थानीय सरकारले वेवास्ता गरेको उहाँको गुनासो रहेको छ ।
कलाकार डंगोलले फ्लेक्स प्रिन्टको शुरुवातसँगै चित्रकला पेशा संकटमा पर्दै गएको बताउनुभयो ।
तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले विस २०६७ सालमा विराटनगरमा भएको एकल प्रर्दशनीको उद्घाटन गरेको उहाँले बताउनुभयो ।
प्रर्दशनीको उद्घाटन गरेपनि चित्रकलाको प्रर्वद्धनमा सरकारबाट चासो नदिएको उहाँको गुनासो छ । उहाँले भन्नुभयो,‘ चित्रकलाको महत्व कसैले बुझेनन् ।’ अर्डर अनुशारको मात्र काम गर्ने उहाँले बताउनुभयो । अहिले सवारी साधानको नम्वर प्लेटको मात्रै काम गर्ने गरेको उहाँले बताउनु भयो ।
चित्रकलामा भविष्य नदेखेपछि चार छोराहरुलाई यो पेशातिर आफुले ल्याउन नचाएको उहाँले बताउनुभयो ।
विराटनगरमा ३९ वटा आर्ट सेन्टर रहेकोमा अहिले चार÷पाँच बटा मात्र सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो ।–––