विराटनगर, २६ कात्तिक ः शिक्षादिप कलेज विराटनगर–९ ले यस वर्षको एमविविएस प्रवेश प्रवेश परीक्षामा छात्रातर्फ प्रथम स्थान ल्याउने विद्यार्थीलाई आज यहाँ सम्मान गरेको छ।
कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले प्रथम स्थान ल्याउने कलेजकी छात्रा विभाकुमारी नायकलाई नगद रु ५१ हजार सहित सम्मान गर्नु भएको छ।
यसैगरी कलेजले एमविविएस प्रवेश परीक्षाका छात्रवृत्ति सहित उत्कृष्ट अङ्क ल्याउने छात्रछात्राहरु पुष्पराज तिमसिना र श्रृति वर्णवाललाई सम्मान गरेको छ।
सो अवसरमा प्राचार्य खड्का लगनशिलका साथ अध्ययन गरेमा स्वदेशमा रोजगारीका लागि दक्षजनशक्ति उच्च माग रहेकोले विदेश जानु पर्ने आवश्यक्ता नभएको बताउनुभयो ।
प्रथम हुने छात्रा नायकले विद्यालयका गुरुहरुको प्रविधिको प्रयोगबाट गराएको अध्यापनवाट आफुले सफलता प्राप्त गर्न सकेको विचार राख्नुभयो ।

कलेजले आफ्नो विद्यार्थीहरुलाई विभिन्न प्राविधिक बिषयका प्रवेश परीक्षाका लागि अतिरिक्त कक्षा विगतदेखि सञ्चालन गर्दै आइरहेको कलेजका प्राध्यापक रामचन्द्र अधिकारीले जानकारीदिनुभयो ।
कलेजमा ११ र १२ का विभिन्न सङ्कायम दुई हजार पाँच सय विद्यार्थीहरु अध्ययनरत रहेको अधिकारीले बताउनुभयो ।
कलेजले यस वर्ष १२ कक्षाको परीक्षामा एक हजार विद्यार्थी सहभागी भएकोमा ९६ प्रतिशत उत्तीर्ण भएको सोही समयमा जानकारी दिइयो ।–––