विराटनगर २८ कात्तिक । प्रोटन इमासको नयाँ शोरुम विराटनगरमा आज देखि सञ्चालनमा आएको छ ।
सातौं शाखाका रुपमा कोशी प्रदेशमा पहिलो पटक प्रोटन इमासको शोरुम सञ्चालनमा आएको हो ।
जगदम्बा मोटर्सका विजनेस हेड आकाश थापाले कोशी प्रदेशमा पहिलो पटक नयाँ शोरुम शुरु गरिएको बताउनुभयो ।
यो वर्षको अन्त्य सम्ममा देशभर १२ वटा शोरुम पुग्ने उहाँले जानकारी दिनुभयो । जगदम्बा मोटर्सका बरिष्ठ उपाध्यक्ष राजु भेटवालले इमासको इभी समय सुहाउँदो गाडी भएको बताउनुभयो ।

शोरुम उद्घाटन नाडा कोशी का अध्यक्ष डिल्लीराम आचार्य, पूर्व अध्यक्ष सुवास आचार्य लगायतले व्यवसाय सफलताको शुभकामना दिनुभएको थियो ।
नेपालका लागि शंकर ग्रुपको टु ह्विलर र फोर ह्विलरको आधिकारिक विक्रेता रहेको जगदम्बा मोटर्सले नेपाली बजारमा मलेसियन प्रोटन इमास ७ ईभी कार बजारमा ल्याएको छ ।
प्रोटन इमास ७ प्राइम र प्रिमियम गरी दुई भेरीयन्टमा उपलब्ध रहेको बताइएको छ । –––