सञ्चारकर्मी सदरदार सम्मान

Logo
Nav Nepal सोमबार, मंसिर ०२, २०८२

विराटनगर । मकालु टेलिभिजनका पत्रकार पदमकुमार सरदार नगदसति सम्मानित हुनुभएको छ ।
विराटनगर स्थित लायन्स क्लव अफ विराटनगर ग्रिनसिटी र युनिकले आयोजना गरेको पदभार ग्रहण कार्यक्रमका बीच मकालुकर्मी सरदार आईतवार राती सम्मानीत हुनुभएको हो । क्लबले सरदारलाई संस्थाले आयोजना गर्दैआएको हरेक सामाजिक काममा पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरेको क्लबका अध्यक्ष श्यामलाल पौडेलले जानकारी दिनुभयो ।
सम्मानित भएका सरदारलाई लायन्स क्लब अफ अन्तर्राष्ट्रिय ३२५ सि का डिस्ट्रिक गभर्नर बबरजंग थापाले दोसला, सम्मान पत्र र नगद सहित सम्मान गर्नुभयो । पत्रकार सरदारलाई सम्मान गर्नुहुँदै लायन्स क्लबले आयोजना गर्दै आईरहेको विभिन्न सामाजिक काममा सामाचरको माध्यमबाट सहयोग पु¥याउनुभएकोमा सम्मानीत पत्रकार सरदारलाई बधाई सहित अगामीदनमा पनि समाजका लागि कलम चलाउन उहाँले सुझाव दिनुभयो ।
आईतवारदेखि २०२५÷०२६ का लागि लायनस क्लव अफ विराटनगर ग्रिनसिटीको अध्यक्ष पदमा चन्द्र बुढाथोकीले पदभार ग्रहण गर्नुभएको छ । भने यस अधि क्लबको अध्यक्ष पदमा श्यालाल पौडे्ल रहनुभएको थियो । त्यस्तै २०२५÷०२६ का लागि लायनस क्लव अफ विराटनगर युनिकका लागि विकास भण्डारीले पदभार ग्रहण गर्नुभएको छ । भने यस अघि क्लबका अध्यक्षमा पुष्प कटुवाल रहनुभएको थियो । कार्यक्रममा २०२५÷०२६ का लागि लायनस क्लव अफ विराटनगर ग्रिनसिटी लियोका अंकुश बुढाथोकीले पदभार ग्रहण गर्नुभएको छ । भने यस अघि लियो क्लबका अध्यक्षमा प्रफुल दाहाल रहनुभएको थियो । त्यस्तै २०२५÷०२६ का लागि लायनस क्लव अफ विराटनगर युनिक लियो क्लबका अनुज कार्की पदभार ग्रहण गर्नुभएको छ । भने यस अघि युनिक लियो क्लबका अध्यक्षमा अबिसा निरौला रहनुभएको थियो । पदभार ग्रहण कार्यक्रमका बीच लियो भाईबहीनहरुले नृत्य प्रस्तुत गरेका थिए । भने २०२५÷०२६ का लागि नयाँ अध्यक्षहरुलाई पँचेबाजा र अभिभावकलाई सम्मान सहित उनीहरुलाई मञ्च तर्फ ल्याएर आयोजकले स्वागत, सम्मान गरेका थिए । कार्यक्रममा लयान्स क्लबका लिर्डसहरुले शुभकामना व्यक्तगर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077