ग्रिनल्याण्ड कलेजका छात्रछात्रा एमविविएसमा पूर्णछात्रवृत्ति –गुणस्तरीय शिक्षाले आकर्षण वृद्धि हुँदै

Logo
Nav Nepal सोमबार, मंसिर ०२, २०८२

विराटनगर,१ मङ्सिर ः विराटनगर–स्थित ग्रिनल्याण्ड कलेज विराटनगर–७ ले आफ्ना तीन जना छात्रछात्राले एमविविएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको आज यहाँ नगद सहित सम्मान गरेको छ ।
कलेजका छात्रछात्राहरु अभिषेक मण्डल, स्मृति खाँ, काब्या यादवले पूर्ण छात्रवृत्ति नाम निकाल्न सफल भएकोमा कलेजमा आज यहाँ एक समारोहको आयोजना गरी उनीहरुलाई पुरस्कृत एवं सम्मान गरेको छ।


कलेजका प्रचार्य दिनेश दाहालले विगतका वर्षहरुमा ८–१० जना विद्यार्थीले पूर्ण छात्रबृत्तिमा नाम निकाल्ने जानकारी दिँदै मेहनत गर्नेहरु सफलताको शिखरमा पुग्ने बताउनु भयो ।
उहाँले कलेजले गुणस्तरिय शिक्षा दिएकै कारण विद्यार्थीको आकर्षण बर्षेनी बढ्दै गएको विचार राख्नु भयो ।
खाँले दैनिक अध्ययन एवं लक्ष्यमा पुग्न निरन्तर अभ्यास गरेको अनुभव सुनाईन ।


यसैगरी अर्की छात्रा काब्या यादवले सफलता प्राप्त गर्न निरन्तर अध्ययन एवं अभ्यास आवश्यक रहेको विचार राखिन ।
छात्र मण्डल कक्षामा सरले पढाएको समयमा राम्रोसँग ध्यान दिने गरेको र दैनिक १० घण्टा राम्रोसँग अध्ययन गर्दा सफलता मिलेको उनले बताए ।
ग्रीनल्याण्ड कलेजले एमबीबीएसमा पूर्ण छात्रबृत्ति पाएका तीन, बीएससी नरर्सिङ र वीपीएचमा पूर्ण छात्रबृत्ति पाएका एक र कलेजको आन्तरिक परिक्षामा उत्कृष्ट १२ जना विद्यार्थीलाई नगद सहित सम्मान गरिएको छ।


बीएससी नरर्सिङ र वीपीएचमा पूर्ण छात्रबृत्ति पाएकी विन्दिया देवी तथा कक्षा ११ को विज्ञान संकाय तर्फ आन्तरिक परीक्षामा प्रथम हुने विवर्सन सुवेदी, दोस्रो देवानन्द चौधरी र तेश्रो चन्द्रकान्त मण्डल, कक्षा ११ को व्यवस्थापन प्रथम हुने सुदिप शाह, दोश्रो हुने मनिका मण्डल र तेश्रो हुने मेघाकुमारी यादव सम्मानित भएका छन् ।–––

कक्षा १२ व्यवस्थापन संकाय तर्फ प्रथम हुने भारतीय यादव, दोश्रो हुने ओमप्रकाश यादव र तेश्रो हुने अस्मिताकुमारी गोईत, कक्षा १२ को विज्ञान तर्फ प्रथम हुने दिवाकान्ता झा, दोश्रो हुने धीरज राजवंशी र तेश्रो हुने जितेनकुमार रोयलाई नगद सहित कलेजले सम्मान गरेको जनाएको छ ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077