कान्तिपुर कलेजका महतो रु एक लाख सहित सम्मानित

Logo
Nav Nepal शुक्रबार, मंसिर ०६, २०८२

विराटनगर,५ मङ्सिर ः कान्तिपुर कलेज विराटनगर १० ले १२ कक्षाको विज्ञान सङ्कायमा नेपाल प्रथम एवं एबीबीएसमा पूर्ण छात्रबृत्ति पाएका राजनारायण महतोलाई आज नगद एक लाख एक हजार सहित सम्मानित गरेको छ ।

एमबीबीएसमा पूर्णछात्रबृत्तिमा ३९ औं नम्वर र बीडीएसमा दोश्रो स्थानमा नाम निकालेका महतोले कक्षा १२ को परीक्षामा ३.९६ जिपीए सहित नेपाल प्रथम भएका थिए । कक्षा १२ मा ३.९६ जिपीए भन्दा बढी अंक कसैले पनि ल्याएका थिएनन् ।

एमबीबीएसको प्रवेश परीक्षामा कोशी प्रदेशमा नियमित तर्फ कान्तिपुर प्रथम भएको कलेजले जनाएको छ । करिव १८ हजार विद्यार्थीले प्रवेश परीक्षा दिएका मध्ये महतो ३९ औं भएका थिए ।

कलेजका निर्देशक विष्णु दाहालले एमबीबीएसमा नियमित तर्फ कोशीकै पहिलो स्थान कलेजको विद्यार्थी महतोले ल्याएको बताउनु भयो ।
कान्तिपुर कलेजका महतो सहित करुणाकुमारी साह र प्रिन्सन श्रेष्ठले एमबीबीएसको प्रवेश परीक्षामा पूर्ण छात्रबृत्ति पाएको कलेजका प्राचार्य भुवन नेपालले जानकारी दिनुभयो ।
गुणस्तरिय शिक्षा दिदै आएको कान्तिपुर एजुकेशन फाउन्डेसनले प्ले ग्रुप देखि पोष्ट ग्राजुएट ( पीजी टु पीजी) सम्मको शिक्षा दिने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

कलेजले ३१२ जना विद्यार्थीलाई छात्रबृत्तिमा पठन पाठन गराउँदै आएको प्राचार्य नेपालले बताउनुभयो । कलेजले एक सय खेलाडी, एक सय महानगरपालिका अन्र्तगत छात्रबृत्ति प्राप्त गरेको र अन्य उत्कृष्ट अंक ल्याउने, गरिव तथा जेहन्दार, द्वन्द्व पीडित लगायतले छात्रवृत्ति अन्तर्गत अध्ययन गरिरहेका छन् ।
कान्तिपुर एजुकेशन फाउन्डेसनका अध्यक्ष खुशीराज श्रेष्ठले विस २०८२ मा स्कुल कलेज तर्फ उत्कृष्ट नतिजा दिईएको बताउनुभयो ।
एईईमा ४.० जीपीए, कक्षा १२ मा बोर्ड प्रथम, मेडिकल, इन्जिनियरिङमा राम्रो उपलब्धी हासिल गर्न सफल भएको उहाँले बताउनुभयो ।
विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा कक्षा ११ को बार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने १२ जना र कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट अंक ल्याउने १८ जना विद्यार्थीलाई कलेजले सम्मान गरेको थियो ।

कक्षा ११ को बार्षिक परीक्षामा विज्ञान संकाय तर्फ प्रथम प्रियंका चौधरी, दोश्रो अविशा लिम्वु, तेश्रो समृद्धि अधिकारी र सुजल अधिकारी, व्यवस्थापन संकाय तर्फ प्रथम नितिशकुमार मण्डल, दोश्रो रुची साह, तेश्रो जोशिका कार्की र योगेश मगर, होटल व्यवस्थापन संकाय तर्फ करुण ढुंगाना प्रथम, दिपेश लुइँटेल केसी दोश्रो र कौशल पौडेल र प्रज्वल मंग्रान्ती तेश्रो भएको प्रिन्सीपल नेपालले बताउनुभयो ।

विद्यार्थी सम्मान तथा पुरस्कार वितरणका कार्यक्रमको अवसरमा अवसरमा कार्यालय सहयोगी सीता कार्कीलाई पनि कलेजले नगद १५ हजार सहित विदाई गरेको छ ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077