विराटनगर÷२१ गते मंसीर । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश (ख) क्षेत्र नं. ६ मोरङको प्रदेश अधिवेशन कटहरी महेशपुर स्थित सभाहलमा सम्पन्न भएको छ ।
सो अधिवेशन प्रमुख अतिथि केन्द्रिय महामन्त्री प्रहलाद प्रसाद शाहले गर्नु भएको थियो ।
विशिष्ट अतिथिहरु पार्टीका केन्द्रिय सह–प्रवक्ता दिनेश शाह, केन्द्रिय सदस्यत्रय केदार कोइराला, विश्वमोहन थापा, उमा थापा र आमन्त्रित केन्द्रिय सदस्य रवि रिजाल रहेका थिए ।
सो कार्यक्रममा निर्वाचन समितिका सदस्य डा. दुर्गा बहादुर अधिकारी र प्रदिप शर्माका साथै जिल्लाका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरु उपस्थिति रहेको थियो ।
अधिवेशनले प्रदेश (ख) क्षेत्र नं. ६ का प्रदेश अध्यक्ष टीका प्रसाई सर्वसम्मतले चयन गरेको छ ।
साथै सदस्यपदहरुमा क्रमशः विश्वमोहन, उमा थापा, मनोज बस्नेत, रवि रिजाल, तोया खनाल, राजकुमारी रेग्मी, राजेश मास्के, प्रदिप सुवेदी, संजय अधिकारी, टंक गुरागाई, गणेश लाल राजवंशी (बसन्त), शैलेस आचार्य, गंगा न्यौपाने, दिपा पोखरेल र उर्वशी विश्वकर्मालाई सर्वसम्मतले चयन हुनु भएको छ ।