बालिका गौतमको हत्यारा पक्राउ

Logo
Nav Nepal आइतबार, मंसिर २२, २०८२

 

विराटनगर, २१ मङ्सिर ः जिल्ला प्रहरी कार्यालय मोरङले दुई महिना अगाडि १२ वर्षिया बालिकाको करणी गरी हत्याका आरोपीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलनको आयोजना गरी गत असोज २१ गते मोरङको लेटाङ नगरपालिका –२ वस्न नविन गौतमको १२ वर्षिय छोरी अंशु गौतमको हत्या एवं करणी गरेको आरोपमा सोही ठाउँका ५९ वर्षिय पदमबहादुर अधिकारीलाई मङ्सिर १९ गते निजको घरबाट पक्राउ गरेको जनाएको छ।
छिमेकी समेत रहेका आरोपीत अधिकारीले बालिका गौतमलाई घाँस काट्न सहयोग गर्नका लागि चार किलोमिटर जंगल भित्र लगी करणी गरी हसिँयाले घाँटी काटी हत्या गरेको प्रहरी उपरीक्षक कवित कट्वालले बताउनु भयो ।
प्रहरीले हत्यारालाई पक्राउ गर्न तीन सय व्यक्तिलाई सोधपुछ, ५४ व्यक्तिहरुको लिखित कागज,घटना पश्चात गाउँ छोडेका व्यक्तिहरुको अनुसन्धान , घरपरिवार,छिमेक,विद्यालय, झैझगडा, रिसइवी सम्बन्धमा सूचना समेत संकलन गरेको उपरीक्षक कट्वालले बताउनु भयो ।
प्रहरीले अनुसन्धानलाई ‘अपरेश जग’ नामाकरण गरी केन्द्रीय अनुसन्धान व्यूरो।कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोली गठन गरी आवश्यक अनुसन्धान गरिएको थियो ।
आरोपीत अधिकारीलाई मुलुक अपराध संहिता, २०७४को परिच्छेद १२ को ज्यान सम्वन्धी कसुर अन्तर्गत (दफा १७७) र परिच्छेद –१८ करणी सम्बन्धी कसुर अन्तर्गत जवरजस्त करणी गर्न नहुने दफा २१९ मा कानुनी कारवाही हुने हुने प्रहरीले जनाएको छ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077