विराटनगर, २२ मङ्सिर ः कोशी प्रदेशका घरेलु उद्योग एवं कृषि उत्पादनलाई प्रोत्साहिनत गर्न विराटनगरमा विराट ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ ।
मोरङ उद्योग ब्यापार संघ विराटनगरले आगामी पुस दोश्रो सातादेखि अन्तराष्ट्रिय स्तरिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी विराट ट्रेड एक्स्पो आयोजना गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त्त जानकारी दिइयो ।
विराटनगर–१, जिल्ला प्रहरी कार्यालय मोरङ नजिक आगामी पुस ९ गतेदेखि १९ सम्म विराट ट्रेड एक्स्पो २०२५ आयोजना हुने मोरङ उद्योग व्यापार संघले जानकारी दिएको छ ।
एक्स्पोका संयोजक अमितकुमार सारडाका अनुशार २३० वटा स्टलहरु रहने र अहिले सम्म २६ वटा स्टल विदेशीहरुले बुक गरिसकेका छन् ।
एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठुला उद्योगहरुका साथै भारत, बंगलादेश, पाकिस्तानका उत्पादित वस्तुहरु रहने संयोजक सारडाले बताउनुभयो ।
एक्स्पो सञ्चालनका लागि रु दुई करोड ५० लाख खर्च हुने र करिव रु ३५ करोडको कारोवार हुने बताईएको संघका अध्यक्ष अनुपम राठीले जानकारी दिनु भयो ।
संघले यसअघि विस २०५३, २०५७, २०६२, २०७०, २०७५, २०७८ र २०७९ मा ब्यापार मेला आयोजना गरेको थियो । –––