विराटनगरमा रु पाँच करोडको लागतमा स्पोट्स सञ्चालन

Logo
Nav Nepal बिहिबार, मंसिर २६, २०८२

विराटनगर, २५ मङ्सिर ः कोशी प्रदेशको राजधानी विराटनगरमा–३ युवा युवतीलाई खेलकुदप्रति आकर्षित गर्न नेपालको सबैभन्दा ठुलो क्रिकेट एकाडेमी सञ्चालनमा आउने भएको छ ।
विराट स्पोट्र्स जोनले यही मङ्सिर २७ देखि सञ्चालनमा ल्याउन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सञ्चालक समितिका अध्यक्ष हरि बजगाइँले जानकारी दिनुभयो
प्रदेशमा आधुनिक खेलकुद पूर्वाधारको विकास गर्ने लक्ष्य सहित रु पाँच करोडको लगानीमा एकाडेमी सञ्चालनमा ल्याउन लागेको हो ।
बर्षभरि क्रिकेट प्रशिक्षण सञ्चालन गर्ने तयारी सहित एकाडेमी सञ्चालनको तयारी गरिएको अध्यक्ष बजगाइँले जानकारी दिनुभयो ।


युवायुवतीलाई खेलकुदप्रति आकर्षित अनुशासित बनाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन,प्रशिक्षण दिनु जोनको लक्ष्य समेत रहेको छ।
क्रिकेट प्रशिक्षकमा राष्ट्रिय÷अन्तर्रारष्ट्रिय स्तरका खेलाडीहरु रहेको सोही अवसरमा जानकारी दिइयो ।
विराटनगर –३ दुधफारम पूर्व ३० कठ्ठा क्षेत्रफलमा तयार गरिएको स्पोट्र्स जोनमा सात वटा खेलकुदका गतिविधिहरु सञ्चालन हुने छन् । जसमा फुटसल, क्रिकसल, स्केटिङ, गो–कार्ट, ब्याडमिन्टन, पिकल बल र टेवल टेनिसका खेलहरु हुने स्पोट्र्स जोनका सचिव नवराज काफ्लेले जानकारी दिनुभयो ।
स्पोट्र्स जोनमा क्रिकेट एकाडेमीसँगै गो–कार्ट आकर्षकको केन्द्र रहेको छ । यसअघि गो–कार्ट काठमाण्डौं र पोखरामा मात्र सञ्चालनमा रहेको थियो ।
अध्यक्ष बजगाइँ, सचिव काफ्ले सहित सात जनाको लगानीमा स्पोट्र्स जोन तयारी गरिएको छ ।


अन्तर्राष्ट्रिय मापदण्ड अनुशार निर्माण गरिएको नेपालकै व्यवस्थित र ठुलो क्रिकेट एकाडेमी स्पोट्र्स जोनको मुख्य आकर्षक भएको अध्यक्ष बजगाइँले बताउनुभयो ।
आधुनिक भौतिक संरचना, योग्य प्रशिक्षक र व्यस्थित प्रशिक्षण सुविधासहित क्रिकेट प्रतिभा विकासमा योगदान पु¥यउने लक्ष्य जोनको रहेको छ।
जोनमा फुटवल, तेक्वान्दो र स्केटिङ प्रशिक्षण गराउनका साथै आगामी दिनमा स्वीमिङ पुल, इन्डोर गेमिङ जोन लगायतका आधुनिक पूर्वाधार थप गरिने सञ्चालक समितिका सचिव काफ्ले बताउनुभयो ।
उहाँका अनुशार विराट स्पोट्र्स जोनमा नाम दर्ता गराउने पहिलो ५० जना महिला खेलाडीका लागि निःशुल्क खेल सुविधा उपलव्ध गराईने छ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077