विराटनगर, २५ मङ्सिर । विनायक बोर्डिङ सेकेण्डरी स्कूलले विद्यार्थी अभिभावक र सम्पूर्ण विद्यालय समुदायका लागि उत्साह र मनोरञ्जनले भरिएको फन फिस्टा कार्यक्रम आज आयोजना गरेको छ ।
विराटनगर प्याब्सनका अध्यक्ष अर्जुन श्रेष्ठले उद्घाटन गरेको कार्यक्रममा मनमोहक नृत्य प्रदर्शन, सुमधुर गायन र प्रभावशाली संगीत प्रस्तुतिसहित विद्यार्थीहरूको प्रतिभाको चम्किलो प्रदर्शन गरिएको थियो।
विद्यार्थीहरुले र्याम्प वाक,सांस्कृतिक पोशाक र रचनात्मक फेन्सी ड्रेस प्रदर्शन गरेका थिए ।
प्रि–प्राइमरी सेक्सनले आफ्नो राइम टाइम प्रदर्शनसहित आकर्षण प्रस्तुति गरेका थिए ।
फिस्टामा विभिन्न प्रकारका खाद्य स्टलहरूमा विभिन्न प्रकारका पाककलाका परिकारहरू प्रदर्शन गरिएको थियो । प्रदान गरेको थियो । पकौडा, तातो चिया, स्वादिष्ट मोमो र चाउमिन जस्ता स्वादिष्ट खाजा परिकार फिष्टामा रहेको प्रिन्सिपल मिथलेश ठाकुरले जानकारी दिनु भयो ।
विभिन्न रोमाञ्चक खेल स्टलहरूले सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेको थियो ।
स्कूलमा आयोजित फन फिस्टा एक सफलतापूर्ण कार्यक्रम रह्यो, जसले सबै समुदायको भावनालाई प्रवद्र्धन गर्दै सहभागी सबैका लागि मिठो अनुभव रहेको स्कुलका निर्देशक कमलेश ठाकुरले बताउनुभयो ।–––