घुम्न जाउँ है पोखरा –सडक महोत्सव

Logo
Nav Nepal आइतबार, मंसिर २९, २०८२

विराटनगर, २८ मङ्सिर ः पोखराको सुस्त रहेको पर्यटन व्यवसायलाई चलायमान गर्न आज सम्पूर्ण विराटनगरवासीहरुलाई ‘घुम्न जाँउ है पोखरा’को सामूहिक निम्तो वाँडिएको छ।
पोखरा भ्रमण वर्ष २०२५ ,पोखरा महानगरपालिका, रेष्टुरेण्ट एवं एशोसिएन( रेवन)द्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यही पुस १३ गतेदेखि १७ गतेसम्म पोखराको फेवा तालको किनारा लेकसाइडको करीव साडे तीन किलोमिटर क्षेत्रफलमा लगाइने १७ आँै पोखरा सडक महोत्वमा यस क्षेत्रका सर्वसाधारणहरुलाई सामुहिक सहभागी हुन आग्रह गरिएको छ।
पोखरा नेपालको पहिलो पर्यटकीय नगरीमा प्राकृतिक र सांस्कृतिक रुपमा एक खुला संग्रहालय भएकोले यस क्षेत्रको आर्थिक चलायमान गर्न १२ महिना पोखरा घुम्न जाउँ सन्देश प्रवाह गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्यक्रम संयोजक बसन्त गौतमले जानकारी दिनुभयो ।
सडक महोत्सवमा मुख्य आकर्षण विभिन्न जातजातिको लोपोन्मुख सांस्कृतिक झाँकीहरु ,मौलिक भेषभुषा,परमपरागत नृत्यहरुको प्रदर्शन, ‘सडक मै खाऔँ ,सडकमै नाचौँ,सडक मै रमाउँ ’ भन्दे नारालाई सार्थक पार्न सडकमै राष्ट्रिय तथा अनतर्राष्ट्रिय परिकारहरुको विक्री वितरण,साहसिक तथा खेलकुद गविधिहरु ,फेवा तालमा वोटरेस, ,सस्का कस्सी र पर्यटकहरुलाई लक्षित विशेष खेल गतिविधिहरु, पोखराको सौन्दर्य झल्कने वृत्त चित्र प्रर्दशन र फोटो प्रदर्शनी लगायतका विशेष कार्यक्रम रहेको पोखरा भ्रमण वर्ष प्रवद्र्धन कार्यक्रमका संयोजक गोपीबहादुर भट्टराईले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसद वराल, मोरङ अध्यक्ष सुशिला पाठक , मोरङ उपाध्यक्ष सन्तोष सिग्देल, पत्रकारहरु गणेश लम्शाल, मोहन मानन्धर, ब्रम्हदेव यादव, सन्यनाराण शर्मा लगायतले विराटनगर –पोखरा दैनिक टुरिष्ट वस एवं हवाई यातायात हप्तामा दुई पटक सञ्चालनका लागि आवश्यक पहल गर्नुपर्ने सुझाव दिनुभयो।
सडक महोत्सवमा स्वदेशी तथा विदेशी गरी पाँच लाख पर्यटकहरुको सहभागिता हुने विश्वास गरिएको छ।
पोखरा प्रवद्र्धन कार्यक्रमा सहभागी २० सदस्यीय टोलीले यही मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म इटहरी, विराटनगर,जनकपुर, काठमाण्डौँ कार्यक्रम गर्ने भएका छन् ।
पोखराका सम्पूर्ण होटलहरुमा ४० हजार वेडहरु रहेका छन् ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077