विराटनगर, २ पुस ःनेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा भाग लिने बताउनु भएको छ।
विराटनगर विमानस्थलमा बुधवार साँझ सञ्चारकर्मीहरसँग सक्षिप्त कुराकानी गर्दै उहाँले त्यसका लागि सरकारले सुरक्षाको वातावरण, विभिन्न जेलबाट फरार भएका कैदी पक्राउ र हराएका हातहतियार वरावद गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकांका नेता डा कोइरालाले आफु तोकिएको मितिमा निर्वाचन हुनेमा विश्वस्त रहेको बताउनुभयो ।
उहाँले नेकां निर्वाचन र महाधिवेशनमा संगसंगै जाने विचार समेत राख्नुभयो ।
उहाँले वर्तमान सरकारले निर्वाचन गराउँछु भन्नु तर एउटा पार्टीका केन्द्रीय अध्यक्षलाई काठमाण्डौ वाहिर जान नदिन स्थान हद तोक्नु जायज नभएकोले त्यसप्रति चिन्ता व्यक्त गर्नुभयो ।
नेका नेता डा कोइरालाले भन्नु भयो ,‘ नेकांको विधान अनुसार दुई पटक सभापति भैसक्नु भएका वर्तमान सभापति शेरबहादुर देउवा अव हुने महाधिवेशनमा सभापतिमा उठनु हुन्न ।’
उहाँले नेकां प्रजातान्त्रिक पार्टी भएको व्यक्तिको स्वतन्त्रता अनुसार नेकांका पुर्व सांसदले संसद पुनःस्थापनाको लागि अदालतमा मुद्दा दायर गरेको प्रष्ट पार्नुभयो ।
एक प्रश्नको जवाफमा नेता डा कोइरालाले तोकिएको समयमा निर्वाचन नभएमा पार्टीले संसद पुनःस्थापनाको माग उठाउने छ ।
फरक प्रसङगमा उहाँले नेकांको महाधिवेशन तोकिएको समयमा हुने तर क्रियाशिल सदस्यहरुको समस्या समाधान गर्न दुई ÷चार दिन मिति सर्न सक्ने जानकारी दिनुभयो ।
नेता डा कोइरालाले नेका सभापतिमा उठ्ने सम्बन्धमा समय आएपछि जानकारी दिने बताउनुभयो ।–––