विराटनगर, १८ कात्तिक ः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष थारु आयोगको आर्थिक वर्ष २०८२÷८३ को आठौँ वार्षिक प्रतिवेदन आयोगका सदस्य भोलाराम चौधरीले आज पेस गर्नुभएको छ ।
प्रदेश प्रमुख खापुङले नेपालको संविधान अनुसार गठन भएको थारु आयोगले तयार पारेको वार्षिक प्रतिवेदनले असल समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले समाजमा विद्यमान अन्याय,अच्याचार र अन्धविश्वासलाई हटाउन आयोगको प्रतिवेदन कोशेढुङ्गा सावित हुने भन्दै समुत्रत र समृद्ध राष्ट्र निर्माणमा आयोगको भूमिका अझ फराकिलो बनोस् शुभकामना दिनुभयो ।
आयोगका सदस्य चौधरीले समावेशी, लोकतन्त्र र सामाजिक न्यायको माध्यमबाट थारु भाषा, संस्कृतिको संरक्षण हुनु पर्ने भन्दै थारु समुदायले मान्दै आएको ‘ग्रामथान’ संस्कृतिको संरक्षणमा जोड दिनुभयो ।
उहाँले थारुहरुको मौलिक सम्पदाको रुपमा रहेको ‘ग्रामथान’ संस्कृतिसँगै थारु जातिको उत्थान, सीप विकास, भाषाको सशक्तिकरण हुनु पर्ने माग राख्नुभयो ।
नेपालका कुल जनसङ्ख्याको छ दशमलव दुई प्रतिशत अर्थात १८ लाख सात हजार १२४ थारु समुदायका छन् ।
कोशी प्रदेशमा कुल दुई लाख नौ हजार १९ थारु जाति छन् । जसमा थारु जातिको बसोबास सुनसरी,मोरङ, झापा र उदपुरमा रहेको आयोगका सदस्य चौधरीले जानकारी दिनुभयो ।–––