विराटनगर, ३ पुस ः सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले सरकार मानव बेचबिखन गम्भीर अपराध भएकोले यसको नियन्त्रण गर्न सरकार सम्वेदनशिल रहेको बताउनु भएको छ।
मन्त्रालय र माइती नेपालद्वारा आजसाँझदेखि विराटनगरमा शुरु भएको दुई दिने नेपाल–भारत सीमा क्षेत्रमा मानव बेचबिखन तथा शोषणका चुनौतीहरू विषयक गोष्ठीको उद्घाटन गर्दै उहाँले दुई देशवीच आपसी समन्वय कायम गरी यस्तो जघन्य अपराधलाई रोकथाम गर्न सक्रिय रुपमा लाग्नु पर्नेमा जोड दिनु भयो ।
मन्त्री श्रेष्ठले मन्त्रालयले वेचविखन भएकाहरुलाई तत्काल उद्दार र संरक्षणमा काम गर्ने प्रतिवद्वता जनाइन् ।
उहाँले महिला वेचविखन रोकथामका लागि तत्काल कार्यविधि बनाउने र त्यसलाई कार्यान्वयनमा लग्ने जानकारी दिनु भयो ।
माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले माइती नेपालले विगत ३० बर्षदेखि मानव बेचविखन विरूद्व काम गर्दै आएको जानकारी दिँदै अहिले पनि किशोरीहरू अशिक्षा, वेरोजगारी, एवं विभिन्न प्रलोभन कारण बेच विखनमा पर्ने गरेको बताइन् ।
विराटनगर महानगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मानव बेचविखनका नेपाल लगायत विश्वका अन्य देशको मुख्य समस्या भएको यसको रोकथाम आपसी समन्वयबाट हुने विचार राख्नु भयो ।
मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेत, सहसचिव आभा श्रेष्ठ,दिल्ली प्रहरीका डा. राकेश कुमार , गैर सरकारी संस्था मोरङ अध्यक्ष विष्णु शर्मा पन्त लगायले मानव बेच विखन तथा ओसारपसार नियन्त्रणमा गोष्ठी प्रभावकारी हुने बताउनु भयो ।
मानव वेचविखन नियन्त्रणमा दुई देशवीच आपसी सहकार्य सुदृढ गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको छ।
गोष्ठीमा नेपाल र भारतका सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह तथा नागरिक समाज संघसंस्थाका प्रतिनिधिहरूको सहभागी रहेको छ।–––