पत्रकार महासंघ मोरङ स्वास्थ्य शिविर – अधिकांश पत्रकारहरुमा उच्चरक्तचाप र आँखाको समस्या

Logo
Nav Nepal शुक्रबार, पुष ११, २०८२

विराटनगर ११ पुस ः नेपाल पत्रकार महासंघ मोरङमा आज आयोजित एक दिने स्वास्थ्य शिविरमा अधिकांश पत्रकारहरुलाई आँखा र उच्चरक्त चापको समस्या देखिएको छ।
पत्रकार महासंघ मोरङ र विराट नर्सिङ होमको प्राविधिक सहयोगमा आयोजित एक दिने स्वास्थ्य शिविरमा मुटु, आँखा र नाक, कान र घाँटी सवन्धी स्वास्थ्य शिविर स्वास्थ्य परीक्षणका क्रममा ७३ जना पत्रकारहरुले स्वास्थ्य परीक्षण गराएका छन् ।
अधिकांश पत्रकारहरुमा उच्चरक्तचाप, आँखाको समस्या बढी पाईएको चिकित्सकहरुले बताएका छन् ।
स्वास्थ्य शिविरमा सात जना विशेषज्ञ चिकित्सकहरु सहित १४ जनाको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा दिएका थिए ।
स्वास्थ्य समस्या भएका पत्रकारहरुहरुले वहिरङ्ग कार्ड सहित सात दिन भित्र नर्सिङ होमले निःशुल्क उपचार गर्ने जनाइएको छ।
यस अघि स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा विराट नर्सिङ होमका प्रमुख कार्यकारी अधिकृत (सिईयो) निकिता कार्कीले समाचार संकलनमा दिनरात खटिने पत्रकारहरुले स्वास्थ्यलाई प्राथमिकता दिन आग्रह गर्दै महासंघसँग सहकार्य गरि पत्रकारको नियमित स्वास्थ्यमा उपचारमा सहयोग गर्न नर्सिङ होम प्रतिवद्ध रहेको बताउनुभया
महासंघ मोरङ अध्यक्ष सुशिला पाठक , केन्द्रीय सदस्य कमल रिमाल, महासंघ मोरङका सल्लाहकार पूर्व अध्यक्ष बन्धु पोखरेलले महासंघले स्वास्थ्य परीक्षणका साथै स्वास्थ्य सम्वन्धी अभिमुखीकरणका कार्यक्रमहरु पनि नियमित गर्ने बताउनुभयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077