विराटनगर, ११ पुस ः विराटनगरको शहीद रंगशालामा आज सम्पन्न विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधी एभरेष्ट माविले प्राप्त गरेको छ। ।
एभरेष्टले ११ स्वर्ण, नौ रजत र ११ कास्य पदक गरि ३१ पदकका साथ उपाधि जितेको हो ।
विराटनगर महानगरपालिकाको आयोजना र एभरेष्ट माविको संयोजनमा सम्पन्न भएको प्रतियोगिता आठ स्वर्ण, ११ रजत र सात कास्य गरि २६ पदकका साथ आदर्श माविले दोेस्रो र आठ स्वर्ण ,सात रजत र सात कास्य गरि २२ पदकका साथ सत्यनारायण मावि तेस्रो भएको छ ।
पुस ९ देखि सञ्चालन भएको प्रतियोगितामा विराटनगर महानगरपालिकामा अवस्थित ६५ वटा विद्यालयका एक हजार ५२५ जना विद्यार्थीले सहभागिता रहेको थियो ।
प्रतियोगितामा छात्रको ६६ र छात्राको ६६ गरेर १३२ वटा पदकका लागि भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्टलगायत ट्रयाक र फिल्ड खेलहरूमा प्रतिस्पर्धा भएको थियो
विजेयी खेलाडी तथा विद्यालयहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, प्रतियोगिताको संयोजन गरेको विद्यालयका प्राचार्य टिकाराम पुरी र महानगरका शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले पुरस्कार तथा ट्रफि वितरण गर्नु भयो ।–––