कोशी प्रदेश मन्त्रिपरिषद् हेरफेर– सपथ ग्रहण 

Logo
Nav Nepal मंगलबार, पुष २२, २०८२

विराटनगर, २२ पुस ः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिशमा प्रदेशको मन्त्रिपरिषद हेरफेर गर्नुका साथै आज साँझ सपथ ग्रहण गराउनु भएको छ।
प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री कार्कीको नेतृत्वमा मिति २०८१ बैशाख २७ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरेफेर र कार्यविभाजन विस्तार गर्नुभई नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको छ ।
सोही अवसरमा मुख्यमन्त्री कार्कीले नवनियुक्त राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको छ ।


नवनियुक्त मन्त्रीहरुमा प्रदीपकुमार सुनुवार भौतिक पूर्वाधार विकास मन्त्रालय, भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्रालय, तिलचन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विदुरकुमार लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्रालय, रामप्रसाद महतो सामाजिक विकास मन्त्रालय, मानबहादुर लिम्बू स्वास्थ्य मन्त्रालय, इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्रालयको मन्त्रीमा नियुक्त हुनु भएको छ।
त्यसैगरी शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री रहनुभएको छ ।–––मनोज दाहाल÷९८४२०२००७७

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077