विराटनगर, २४ पुस ः कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले विभिन्न तीनवटा निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज साँझ बसेको बैठकले प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७९ को दफा २६ बमोजिम मन्त्रिपरिषदको कार्य सम्पादनमा राय सुझाव , सल्लाह र मन्त्रिपरिषदलाई सहयोग गर्न विभिन्न समिति बनाइएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनु भयो ।
पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली संयोजक रहनु भएको राजनीतिक तथा प्रशासन समिति, आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली संयोजक रहनुभएको कानुन न्याय तथा प्रदेश मामिला समिति र पूर्वाधार विकास मन्त्री प्रदिप सुनुवारको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति बनाइएको छ।
यस्तै बैठकले प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७५ लाई संशोधन समेत गरेको छ ।
बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीलाई तोकेको छ।–––