विराटनगर,२७ पुस ः विराटनगर– ११ स्थित नेपाल विजनेस कलेजका विद्यार्थीले नव आगन्तुक विद्यार्थीलाई आज स्वागत गरेका छन् ।
वीवीए पाचौं सेमेष्टरका विद्यार्थीले एमवीए, वीवीए, वीआईटी, वीएचएममा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई आज विराटनगरमा स्वागत कार्यक्रम आयोजना गरेका छन् ।

कलेजका संस्थापक अध्यक्ष डा. भेषप्रसाद धमलाले स्वागत कार्यक्रमले सिनियर र जुनियर विद्यार्थीहरुवीच अन्तरघुलन हुने बताउँदै यसले विद्यार्थीहरुवीचमा आत्मीयता बढ्ने बताउनुभयो ।

कलेज व्यवस्थापन समितिका सदस्य कविराज न्यौपानेले नेपालको अवको भरोसा भनेको यूवापुस्ताहरु भएको चर्चा गर्दै जेनजी आन्दोलनपछि देश विकासमा जिम्मा यूवाहरुको काँधमा रहेको धारणा राख्नु भयो ।

कलेजका प्रवन्ध निर्देशक दीपक कोइरालाले ‘लर्निङ एण्ड डुइङ’ कार्यक्रम अन्र्तगत नव आगन्तुक विद्यार्थीका लागि स्वागत कार्यक्रम विद्यार्थीहरुले नै आयोजना गर्ने गरेको बताउनुभयो ।
कलेजका विभिन्न कार्यक्रमहरु विद्यार्थीहरुले ने आयोजना गर्ने उहाँले बताउनुभयो । विद्यार्थीको आयोजनामा यस क्षेत्रमा साना देखि ठुला ( परियोजनामा आधारित) कार्यक्रमहरु सञ्चालन हुने गरेको उहाँले जानकारी दिनु भयो ।

विराटनगरमा १२ वर्ष अघि स्थापना भएको कलेजमा अहिले ३५० विद्यार्थी अध्ययनरत छन् ।
हालसम्म विभिन्न सङ्कायका तीन सय विद्यार्थीले कलेजको अध्ययन पुरा गरि विभिन्न क्षेत्रमा आफ्नो सेवा प्रदान गरिरहेको बताउनुभयो । उहाँले अध्ययन पुरा गरेका ७४ प्रतिशत विद्यार्थीहरु नेपालमा जागिरमा रहेको र केही उच्च शिक्षा अध्ययनका लागि विदेश गएका छन् ।
कर्यक्रममा कलेज व्यवस्थापन समितिका सदस्य हरिहर भण्डारी, एकाडेमीक डाईरेक्टर वेदराज आचार्य, विद्यार्थी सम्पदा खनाल लगायतले नव आगन्तुक विद्यार्थीको स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन लगायतको प्रस्तुती दिएका थिए ।–––