हिसान क्रिकेटमा शिक्षादिप र विराट क्याम्पस तथा फुटबलमा मर्डन एरा र अर्किड विजयी

Logo
Nav Nepal आइतबार, माघ १२, २०८२

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत हिसान क्रिकेटमा शिक्षादिप र विराट क्याम्पस तथा फुटबलमा मर्डन एरा र अर्किड कलेज विजयी भएका छन् ।

 

जुट मिल मैदान भएको पहिलो खेलमा शिक्षादिप कलेजले विकेभिएम कलेजलाई १ विकेटले पराजित गरि क्वाटरmिाइनलमा प्रवेश गरेको । टस जितेर ब्याटिङको गरेको विकेभिएमले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ५ बलमा सवै विकेट गुमाई ९९ रनको योगफल तयार पारेको थियो । विकेभिएमकालागि हार्दिक रेन्मीले सर्वाधिक १९रनको योगदान दिए । शिक्षादिपका प्लेयर अफ द म्याच रोशन राँयले सर्वाधिक ३ विकेट लिए ।

जवाफमा १ सय रनको लक्ष्य पाएको शिक्षादिपले १५ दशमलव ४ बलमा १ विकेटको नोक्सानीमा सो विजयी लक्ष्य पार गर्यो । शिक्षादिपका टेकनारायण मण्डलले सर्वाधिक ३२ रनकोे योगदान दिए । विकेभिएमका सवल न्यौपाने २ विकेट लिए ।

 

दोस्रो खेल विराट क्याम्पस र सगरमाथा कलेज विच हुने पर्ने थियो तर सगरमाथा समयमा मैदानमा नआएपछि विराट क्याम्पसले वाक ओभरमा विजयी हुँदै क्वाटरफाइनलको यात्रा तय गरेको छ ।

फुटबल

फुटबलको पहिलो खेलमा मर्डन एराले सेन्ट जोसेफ कलेजलाई पेनाल्टी सुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयसम्ममा दुवै टिमले १–१ गोलमा बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो । खैलको प्लेयर अफ द म्याच मर्डन एराका गोलकिपर दिगविजय सिंह बस्नेत भए ।

दोस्रो खेलमा अर्किड कलेजले जेभियर्स कलेजलाई ३–२ को गोल अन्तरले पारजित गरेको छ । अर्किडको जितमा प्लेयर अफ द म्याच रिकेश विश्वासले ह््याट्रिक सहित ३ गोल गरे भने जेभियरका सौरभ खत्री र अविनास मगरले १–१ गोल गरे ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077