विराटनगर,११ माघ ः राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट नेकपा एमालेकी रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित हुनु भएको छ ।
आज भएको निर्वाचनमा नेपाली काग्रेस र नेकपा एमाले गठबन्धनतर्फवाट महिलाबाट एमालेकी मेचेले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नमिता न्यौपानेलाई पराजित गर्नु भएको छ।
मेचेले सात हजार १७३ मतभार प्राप्त गर्नुभयो छ भने न्यौपानेले दुई हजार २६८ मतभार ल्याउनुभयो ।
यसैगरी दलिततर्फवाट तर्फबाट नेकपा एमालेका पोर्तेल निर्वाचित हुनु भएको छ । पोर्तेलले नेकपाका खेम सुन्दासलाई पराजित गर्नुभयो । पोर्तेलले सात हजार ४२३ मतभार प्राप्त गर्नुभयो भने सुन्दासले दुई हजार २७ मतभार ल्याउनु भएको थियो ।
कोशी प्रदेशबाट राष्ट्रिय सभाका ३ सदस्य पदका लागि निर्वाचन भएको हो । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको थियो ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा १३७ स्थानीय तहहरु मध्ये नेपाली कांग्रेसका ११३, एमालेका १०८, नेपाली कम्युनिष्ट पार्टीका ३६, जसपा नेपाल र राप्रपाका ४–४ र स्वतन्त्र २ जना रहेका छन् ।
प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७, राप्रपाका ५ र जसपाका १ सांसद मतदाता थिए ।
प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेकपाका ३, एमालेका २, श्रम संस्कृति पार्टीका एक र भ्रष्टाचार मुद्धाका कारण झापा गाउँपालिकाका अध्यक्ष निलम्वनमा परेका कारण मतदाता सूचीबाट नाम हटाईएको थियो ।–––