विराटनगर,१३ माघ ः कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले आगामी प्रदेशसभाको वैठकमा प्रदेश आमसञ्चार विधेयक पास हुने वताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशले आयोजना गरेको पत्रकार अन्तरक्रियातथा छलफल कार्यक्रममा उहाले विधेयक पास भइ कार्यान्वयनमा आएपछि पत्रकारहरुको सेवा सुविधा वृत्ति विकासमा थप सहयोग पुग्ने वताउनुभयो ।
प्रदेशका पत्रकारको वृद्धि विकासका लागि सरकारले वजेट विनियोजन गरेको र आमसंचार विधेयकले त्यसलाई व्यवस्थित वनाउने मन्त्री पराजुलीले बताउनुभयो ।
उहाँले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनबन्ने नयाँ सरकारले संविधानमार्फत प्राप्त उपलव्धिलाई स्थायीत्व गर्न सकिने धारणा राख्न् भयो ।
नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरतबहादुर खड्काले स्थानीय मिडियालाई सक्षम र सवल वनाउन प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी महासचिव हिमा चेम्जोङले लोकतन्त्र र संघियता कार्यान्वयनका लागि पत्रकारिता क्षेत्रको विकास आवश्यक रहेको धारणा राख्नुभ भयो । –––मनोज दाहाल÷९८४२०२००७७