विराटनगर,१५ माघ ः विराटनगरमा आयोजित प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगिताको आज भएको खेलमा मोरङ विजयी भई फाइनलमा प्रवेश गरेको छ।
कोशी प्रदेश क्रिकट संघ र नेपाल क्रिकेट फाउण्डेशनद्वारा विराटनगर–६स्थित मेरिलेवोन ज्याला क्रिकेट मैदानमा आयोजित खेलमा मोरङले झापालाई चार विकेटले पराजित गर्दै समुह विजेताको रुपमा फाइनलमा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित ४३ ओभरको खेलमा ३३ दशमलव एक बलमा सवै विकेट गुमाई ८४ रन बनाएको थियो ।
झापाका सुजन थपलियाले २५ रन बनाउँदा एलिस मण्डलले २३ रनको योगदान दिए ।
मोरङका प्लेयर अफ म्याच प्रेम कामतले ९ ओभरमा एक मेडन राख्दै १६ रन दिएर पाँच विकेट लिँदा कप्तान दिपेश कँडेलले दुई विकेट, फिर्दोस अन्सारी, श्रवण किस्कु र प्रतिक पोखरेलले एक–एक विकेट लिए ।
मोरङले ३० दशमलव ५ बलमा ६ विकेट गुमाई ८५ रनको लक्ष्य भेट्टाएको थियो ।
मोरङका कप्तान दिपेश कँडेले अविजित ३१ रन जोड्दा प्रेम कामतले अविजित २९ रन बनाए ।
झापाका विपिनकुमार महतोले ३ ,आयुस न्यौपाने, सौजनप्रसाद घिमिरे र सुजन थपलियाले १–१ विकेट लिए ।
शुक्रबार झापा र सुनसरीविचको विजेतासँग शनिबार मोरङले फाइनल खेल खेल्ने छ ।–––