विराटनगर,१७ माघ ः विराटनगरमा आयोजित प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगिताको आज भएको फाइनल खेलमा मोरङ विजयी उपाधि हात पारेको छ ।
कोशी प्रदेश क्रिकट संघ र नेपाल क्रिकेट फाउण्डेशनद्वारा विराटनगर–६ स्थित मेरिलेवोन ज्याला क्रिकेट मैदानमा आयोजित आजको फाइनलमा खेलमा मोरङले झापालाई २७ रनले पराजित गरि उपाधि ग्रहण गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको मोरङले निर्धारित ४३ ओभरको खेलमा ४२ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ७४ रनको योगफल तयार पारेको थियो ।
मोरङका कृतिक कामतले ३४ ,प्रतिक पोखरेलले २६, शाकिव हकले २४, कप्तान दिपेश कक्डेलले १९, प्रेम कामतले अविजित १३ र आइस्टाइन रिजालले १० रनको योगदान दिएका थिए ।
झापाका आयुस न्योपानेले तीन विकेट लिँदा कप्तान सुजन थपलिया, सौजनप्रसाद घिमिरे र विपिन महतो २–२ विकेट लिए ।
झापाले १ सय ७५ रनको लक्ष्य पाएकोमा पुरै ओभर खेल्दै नौ विकेट गुमाई १ सय ४७ रन मात्र बनाउँन सकेको थियो ।
झापाका आसिक राना मगरले ४३ ,फैजल रहमानले २२, आयुस न्योपानेले ११, दिपु भुलेल र भुपाल दंगालले १०–१० रन बनाएका थिए ।
मोरङका फिर्दोस अन्सरीले तीन विकेट लिँदा कप्तान दिपेश कँडेल र प्रेम कामतले २–२ विकेट लिए ।
फाइनल खेलको प्लेयर अफ फाइनल मोरङका कप्तान दिपेश कँडेल , उत्कृष्ट व्याटर मोरङका कृर्तिक कामत र उत्कृष्ट बलर मोरङकै प्रेम कामत भए । त्यस्तै प्लेयर अफ द सिरिज मोरङकै कप्तान दिपेश कँडेल भएका छन् ।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमा मन्त्री भीम पराजुली, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद साद बाबु लगायतले विजयी तथा अन्य खेलाडीलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भयो ।–––