राससले प्रविधि मैत्री समाचार उत्पादन गर्नुपर्छ –मन्त्री पराजुली

Logo
Nav Nepal बुधबार, फाल्गुण ०६, २०८२

विराटनगर,६ फागुन ः कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले राससले परम्परागत भन्दा अलग्ग ,सुदृढ एवं प्रविधि मैत्री समाचार उत्पादन गर्नुपर्ने बताउनु भएको छ।
राष्ट्रिय समाचार समिति कोशी प्रदेश कार्यालय विराटनगरद्वारा राससको ६५ औँ वार्षिकोत्सव एवं पुरस्कार समर्पण समारोहमा ‘बासु रिमाल यात्री ’स्मृति पुरस्कारबाट रासस विराटनगरकी कार्यालय सहयोगी गौरी कारञ्जीतलाई आज नगद रु सात हजार सात सय ७५ एवं प्रमाणपत्र प्रदान गर्दै उहाँले सो विचार राख्नु भएको हो ।


मन्त्री पराजुलीले सत्य तथ्यका आधारमा सुचना उत्पादन गरी अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धामा राससले आफुलाई उभ्याउनु पर्र्ने सुझाव दिनु भयो ।
उहाँले हामीले समाचारलाई विश्वासिलो बनाई जनमानसमा सकारात्मक सन्देश फैलाउनु पर्नेमा जोड दिनुभयो ।
मन्त्री पराजुलीले राससले अहिलेको समयको माग अनुसार विश्वासिलाई समाचारको स्रोत निर्माण गर्नुपर्ने सुझाव दिनु भयो ।


उहाँले आसन्न निर्वाचनमा सबै दलको सक्रिय सहभागितावाट सफल बनाउनुपर्नेमा जोडदिनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले विगतको भन्दा राससले अहिले आफ्ना समाचारमा सुधार गरेको धारणा राख्दै नीजि क्षेत्रका समाचार संस्थाको माग अनुसार समाचार उत्पादन गर्न आग्रह गर्नु भयो ।


नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खडकाले राससले आफ्नो वार्षिकोत्सवमा सबै प्रदेशका एक ÷एक जना समाचारदातालाई पुरस्कृत गर्नुपर्नेमा जोड दिदै जिल्ला समाचारदाताको पारिश्रमिक वृद्धि गर्र्नुपर्ने सुझाव दिनुभयो ।


रासस प्रदेश कार्यालय विराटनगरका प्रमुख मोहम्मद सदरुल र नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशिला पाठकले राससले आफ्नो सेवालाई २४ घण्टा सञ्चालन गर्नुका साथै विभिन्न राष्ट्र भाषामा समाचार,अडियो, भिडियो सेवा एवं परीक्षणको रुपमा पोडकाष्ट समेत उत्पादन गर्दै आएको जानकारी गराउनुभयो ।
कार्यक्रममा पत्रकारहरुको विभिन्न संघसंस्थाका प्रतिनिधि एवं विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077