कान्तिपुर मावि –प्रविधि र संस्कारको शिक्षा आवश्यक

Logo
Nav Nepal बिहिबार, फाल्गुण १४, २०८२

विराटनगर, १४ फागुन । विराटनगरस्थित–१० स्थित कान्तिपुर माध्यमिक विद्यालयले आफ्नो ११ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा प्रविधि एवं संस्कारयुक्त शिक्षामा जोड दिने भएको छ ।
विद्यालयले आजदेखि तीन दिनसम्म विविध कार्यक्रमका साथ मनाउने भएको छ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले वार्षिकोत्सव उद्घाटन गर्दै वर्तमान समय प्रविधिको भएकाले विद्यालयहरूले विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई ) र आधुनिक प्रविधिसँग जोड्नुपर्ने बताउनु भयो ।


उहाँले विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिएर सक्षम नागरिक बनाउनु आजको आवश्यकता भएको धारणा राख्नुभयो ।
कान्तिपुर फाउन्डेसन प्रालिका प्राचार्य भुवन नेपालले विद्यालयले गुणस्तरीय शिक्षासँगै प्रविधि र संस्कारलाई प्राथमिकता दिएकै कारण अहिले तीन हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो
उहाँले विद्यालयले विद्यार्थीको चौतर्फी विकासका लागि जीवनोपयोगी शिक्षामा जोड दिँदै आएको दाबी गर्नुभयो ।


प्राचार्य नेपालले आगामी विस २०८४मा कलेजले आफेनै नव निर्माण गरिने भवनमा अभिभावक दिवस मनाउने जानकारी गराउनुभयो ।
उहाँका अनुसार तीनदिने उत्सवको पहिलो दिन बिहीबार नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।
यसैगरी दोस्रो दिन शुक्रबार कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूको प्रस्तुति रहनेछ भने अन्तिम दिन शनिबार कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई बिदाइ गर्दै वार्षिकोत्सवको समापन गरिनेछ ।


कार्यक्रममा प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी र विराटनगर महानगरपालिका–१० का वडाध्यक्ष अर्जुन गिरीले शुभकामना मन्तव्य राख्दै कान्तिपुर स्कुलले विराटनगरको शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नु भयो ।–––

सो अवसरमा विद्यार्थीहरूले आकर्षक नृत्य तथा गायन प्रस्तुत गरी अभिभावक तथा सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । तीन दिनसम्म चल्ने यस उत्सवमा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि विभिन्न विधाका कार्यक्रमहरू समावेश गरिएका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077