नेपाल भाषाको संरक्षणकर्ता प्रजापतिलाई रु दुई लाखको सुदर्शन–कोपिला पुरस्कार

Logo
Nav Nepal शुक्रबार, फाल्गुण २९, २०८२

 

विराटनगर, २९ फागुन ः नेपाल भाषा,संस्कृति,कला साहित्यमा महत्वपूर्ण योगदान दिने भक्तपुर मध्यपुर थिमी निवासी गणेशराम लाछी प्रजापतिलाई रु दुई लाख राशिको सुदर्शन–कोपिला सिरपा –११४६ बाट आज यहाँ सम्मान गरिएको छ।
कोशी प्रदेशका पर्यटन , वन तथा वातावरण मन्त्री भीम पराजुलीले झी पुचः ( नेपाल भाषा तथा सांस्कृतिक संघ) विराटनगरले आज यहाँ आयोजित समारोहमा लाछि प्रजापतिलाई नगद एवं सम्मान पत्रद्धारा सम्मान गर्नुभयो ।
सम्मानित हुने लाछी प्रजापतिले विगत पाँच दशकदेखि निरन्तर मुलुक तथा मुलुक वाहिर नेपाल भाषाको साहित्य ,नाटक र नेवाः परिकारको पहिचान कायम गर्न क्रियाशिल हुदै आउनु भएको छ।
सो अवसरमा मन्त्री पराजुलीले लाछि प्रजापतिले नेपाल भाषा, संस्कृतिको संरक्षणमा पु¥याउनु भएको योगदानको प्रशंसा गर्दै उहाँको यस कार्यको आजका युवा पुस्ताले प्रेरणा लिनुपर्ने बताउनु भयो ।
उहाँले प्रदेश सरकार यस क्षेत्रमा बोलिने भाषा, संस्कृति,परिकारको संरक्षण एवं सम्वद्र्धनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
सम्मानित व्यक्तित्व लाछि प्रजापतिले आजका युवा पुस्ताले नेपाल भाषाको संरक्षणका लागि आफ्नो घरपरिवारमा यो भाषाको प्रयोग गर्नु पर्नेमा जोड दिनु भयो ।
अखिल भारत नेवाः संघका केन्द्रीय अध्यक्ष सूर्यनारायण प्रधानले नेवार समुदायको घटदो जनसङ्ख्या प्रति चिन्ता व्यक्त्त गर्दै जन्म दर वृद्धि गर्न आग्रह गर्नु भयो ।
पुचःका अध्यक्ष सरद श्रेष्ठ, पुरस्कारका संस्थापक सुदर्शनबहादुर श्रेष्ठ, संस्थापक सदस्यद्वय राजन श्रेष्ठ दिनेश श्रेष्ठले पुचः यस क्षेत्रमा नेपाल भाषा, नेवार संस्कृतिको संरक्षणमा विगत ४५ वर्ष देखि क्रियाशिल रहेको जानकारी दिनु भयो ।
उक्त पुरस्कार नेपाल भाषा, संस्कृति, साहित्य,परिकारमा योगदान पु¥याउने संस्था वा व्यक्तिलाई प्रदेक दुई ÷दुई बर्षमा प्रदान गर्ने गरि विराटनगर–१० निवासी शुर्दशन बहादुर श्रेष्ठले विस २०७६ मा रु २० लाखको अक्षय कोषबाट स्थापना गर्नुभएको हो भने आज अक्षय कोषमा थप रु पाँच लाख प्रदान गर्ने घोषणा गर्नु भयो ।
यस अघि उक्त सम्मानबाट शताव्दी पुरुष सत्यमोहन जोशी,भारतको सिक्कीमको नेवा गुुठी, पोखरा स्थित नेवा खल ः कास्कीलाई प्रदान गरिएको थियो ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077