विराटनगर, ३ चैत ः जिल्ला प्रहरी कार्यालय मोरङले भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको ठूलो रकम बरावरको कपडाहरु आज बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानले दिएको जानकारी अनुसार विराटनगर–६ सरौचिया स्थित मुरारी मण्डलको घरको आङगनबाट भन्सार छली ल्याएको रु सात लाख तीस हजार मूल्य बरावरकाको विभिन्न कपडाहरु बरामद गरेको छ।
प्रहरीले विशेष सूचनाको आधारमा उक्त कपडा वरामद गरेको जनाएको छ।
बरामद कपडा आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालय रानीमा वुझाइएको प्रहरीले जनाएको छ।–––