एक दिवसीय क्रिकेट प्रतियोगितामा मोरङ विजयी

Logo
Nav Nepal बिहिबार, चैत्र ०५, २०८२

 

विराटनगर, ५ चैत ः एक दिवस क्रिकेट मार्फत खेलाडीको व्याटिङमा सुधार गर्न आजदेखि विराटनगरमा आयोजित अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगितामा मोरङ विजयी भएको छ।
नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा भएको ५० ओभरको खेलमा मोरङले सुनसरीलाई ५५ रनले पराजित गरेको छ।
तीन दिने उक्त प्रतियोगितामा मोरङ १–० ले अग्रता लिएको छ ।
शनिवारसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा मोरङ र सुनसरीका टीमको सहभागिता रहेको छ।
प्रदेशक क्रिकेट खेलाडीको व्याटिङमा भएको कमजोरीलाई सुधार गर्न प्रतियोगिता उपयोगी हुने विश्वास फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले व्यक्त गर्नुभयो । बताए ।
मोरङका अनिल श्रेष्ठ र सुनसरीका मीन दाहाल पूर्व अन्तर्राष्ट्रिय खेलाडी भएकोले उहाँहरुको सम्मानमा प्रतियोगिता आयोजना गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077