विराटनगर, ६ चैत ः एक दिवसीय क्रिकेट मार्फत खेलाडीको व्याटिङमा सुधार गर्न विराटनगरमा आयोजित ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगिता अन्तर्गत आज दोस्रो दिनको खेलमा सुनसरी विजयी भएको छ।
नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा भएको ५० ओभरको खेलमा सुनसरीले मोरङलाई २१ रनले पराजित गर्दै तीन खेलको सिरिज १–१ को बराबरी भएको छ । अन्तिम खेल शनिबार(भोलि) हुने छ ।
टस जितिर ब्याटिङ गरेको सुनसरीले निर्धारित ५० ओभरको खेलमा ३४ दशमलव ४ बलमा सवै विकेट गुमाई १०२ रन बनाएको थियो ।
सुनसरीका आशिष मण्डल २५ ,रोशन घिमिरे १६, अफान ताहिर १३ र आकाश सर्राफले १० रनको योगदान दिएका थिए ।
मोरङका कृष शर्माले नौ दशमलव ४ बलमा एक मेडन राख्दै ४९ रन दिएर ५ विकेट ,कृतिक कामतले तीन विकेट तथा महबुव इराकी र अमर यादवले एक–एक विकेट लिए ।
मोरङले १०३ रनको लक्ष्य २३ दशमलव २ बलमा सवै विकेट गुमाई मात्र ८१ रनमा अलआउट भयो ।
मोरङका अटल साहले अविजित २२ रन ,आइन्सटाइन रिजाल १३ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकलाई छुन सकेनन ।
सुनसरीका प्लेयर अफ म्याच कविराज खत्रीले १० ओभरमा २ मेडन राख्दै ४७ रन दिएर पाँच विकेट ,रविन मण्डलले तीन विकेट लिए ।
खेल ५० ओभरमा ‘वेष्ट अफ थ्री’ का आधारमा विजेता घोषित गरिने आयोजकले जनाएका छ ।–––