एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सुनसरीलाई

Logo
Nav Nepal आइतबार, चैत्र ०८, २०८२

 

विराटनगर, ८ चैत ः विराटनगरमा पहिलो पटक भएको ‘अनिल–मीन’ एक दिवशिय क्रिकेट प्रतियोगिताको उपाधि सुनसरी जितेको छ ।
नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा आइतबार भएको अन्तिम तथा तेस्रोे खेलमा सुनसरीले मोरङलाई ७४ रनले पराजित गर्दै तीन खेलको सिरिज २–१ ले जितेको छ ।
पहिलो खेल मोरङसँग ५९ रनले पराजित भएको सुनसरीले दोस्रो खेल २१ रनले जितेको थियो ।
आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुनसरीले खराव मौसमको कारण ४० ओभरमा छोट्याएको खेलमा पुरै ओभरमा सवै विकेट गुमाई १४६ रन बनाएको थियो ।
मोरङले १४७ रनको लक्ष्य २७ दशमलव ४ बलमा सवै विकेट गुमाई मात्र ७२ रनमा अलआउट भएको थियो ।
खेलमा प्लेयर अफ सिरिज सुनसरीका कविराज खत्री घोषित भए भने उत्कृष्ट ब्याटर सुनसरीकै रविन मण्डल, उत्कृष्ट बलर मोरङका कृष शर्मा घोषित भए ।
त्यस्तै उदयमान खेलाडी सुनसरीका अब्दुल रफा भएका छन् ।
कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डे, मोरङ क्रिकेट संघका अध्यक्ष महम्मद साद बाबु, सुनसरीका अध्यक्ष सिपी पौडेल,पूर्व अन्तर्राराष्ट्रिय खेलाडी अनिल श्रेष्ठ,मिन दाहाल र फाउण्डेशका अध्यक्ष अभिषेक श्रेष्ठले विजयी तथा अन्य खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भयो ।
मोरङका अनिल श्रेष्ठ र सुनसरीका मीन दाहाल पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी भएकोले उहाँको सम्मानमा प्रतियोगिता आयोजना गरिएको फाण्डेशनका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077