‘जाउँ है पोखरा’–फेवा नव बर्ष महोत्सव

Logo
Nav Nepal बुधबार, चैत्र ११, २०८२

विराटनगर,११ चैत ः पोखराको थलिएको पर्यटन व्यवसायलाई चलायमान गराउन ‘जाउँ है पोखरा’ अभियान शुरु गरिएको छ ।
होटल संघ पोखरा नेपालद्धारा आज विराटनगरमा आयोजित अन्तरक्रियामा यही चैत २९ देखि २०८३ वैशाख १ गतेसम्म पोखराको फेवा ताल किनारा लेकसाइडमा ‘ २१ औँ फेवा नव वर्ष महोत्सव’मा यस क्षेत्रका नागरिकहरुलाई सपरिवार निम्तो गरिएको छ।
आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि यही चैत ९ गतेखेखि १३ गतेसम्म सञ्चालन भएको अभियान अन्तर्गत आज विराटनगरमा आयोजित कार्यक्रममा पोखरा होटलका प्रतिनिधिहरुले फेवा नववर्ष महोत्वमा नेपाली कला, संस्कृतिको संरक्षण ,सम्वद्र्धनको उद्देश्यका साथ पर्यटन,संस्कृति र खानालाई जोड दिई यसक्षेत्रको पर्यटन प्रवद्र्धन गर्नु मुख्य उद्देश्य रहेको छ।
महोत्सवका अवसरमा पर्यटकहरुलाई आकर्षित गर्न पोखराको होटलको वसाईमा पाहुनाहरुलाई २५ प्रतिशत छुटको व्यवस्था रहेको छ।
पर्यटनको राजधानी पोखराको होटल क्षेत्रमा रु पाँच खर्व भन्दा वढी लगानी रहनुका साथै एक हजार दुई सय होटलमा ४० हजार बेड र १५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।
यस क्षेत्रमा बञ्जी जम्पिङ,जीप लाइनिङ,विभिन्न मठ मन्दिरहरुमा सन्ध्याकालिन आरती,केबलकार,प्याराग्लाइडिङ,अल्ट्रालाइट,क्यानोनिङ लगायतका पर्यटकीय सेवा उपलव्ध हुनुका साथ पोखरा प्राकृतिक , साहसिक पर्यटकीय, पदयात्रा लगायत सबै हिसावले उपयुक्त पर्यटकीय गन्तव्य स्थान रहेको छ।
अन्तरक्रिया कार्यक्रममा होटल संघ कोशीका अध्यक्ष राजन श्रेष्ठ पोखराको अध्यक्ष लक्ष्मण सुवेदी ,उपाध्यक्ष गणेशराज पहारी, टान गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्य , नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पर्यटन व्यवसायी भविष श्रेष्ठ र पुण्य भट्टराईले यस क्षेत्रवाट पोखराकोलागि सुविधा सम्पन्न सार्वजनिक यातायात तथा हवाई सेवा संचालनका लागि सरकारलाई घचघच्याउनु पर्ने सुझाव दिनु भयो ।
उहाँहरुले सीमावर्ती छिमेकी भारतीय जिल्लाहरुको जनसङ्ख्या करौडौ भन्दा ज्यादा रहेको त्यहाँ पोखराको पर्यटकीय क्षेत्रको विषयमा प्रचारप्रसार गर्न आग्रह गर्नु भयो ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077