सन्दकपुरमा तेस्रो रेडपाण्डा महोत्सव हुने

Logo
Nav Nepal बुधबार, चैत्र ११, २०८२

 

विराटनगर,११ चैत ः इलामको पर्यटन प्रवद्र्धन गर्न सन्दकपुरमा तेस्रो रेडपाण्डा महोत्सव हुने भएको छ ।
सन्दकपुर गाउँपालिकाद्वारा आज विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा यही चैत २० गतेदेखि २३ गतेसम्म चार दिन हुने महोत्सवले वन, वन्यजन्तु र प्राकृतिक वातावरणको माध्यमबाट यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने जानकारी गराइएको छ।
रेडपाण्डाको संरक्षण गर्न समुदायलाई सचेत गराउँदै हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको छ।
महोत्सव आयोजक समितिका संयोजक सनम राईले लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तेश्रो रेडपाण्डा महोत्सव गर्न लागिएको बताउनुभयो ।
सन्दकपुर गाउँपालिकाको रामसार क्षेत्र माईपोखरीबाट ढापपोखरी हुँदै जौबारी जोड्ने ४३ किलोमिटर रेडपाण्डा पदमार्गमा लोपोन्मुख रेडपाण्डा सहितका वन्यजन्तु, सयौ प्रजातीका चाराको अध्ययन गर्न पाइन्छ ।
गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले १५ बढी पर्यटकीय गन्तव्य रहेको रेडपाण्डा पदमार्गबारे जानकारी दिने र पर्यटनको व्यापारमा महोत्सव केन्द्रित हुने बताउनुभयो ।
सन्दकपुरमा रेडपाण्डा हेर्नकै लागी विश्वभरका पर्यटकहरु पुग्ने गरेका छन् ।
महोत्सव पुग्ने पर्यटकहरुले आदिवासी जनजातिको सस्कृति, सिमसार, पोखरीहरु, प्राकृतिक सुन्दरता, विश्वको अग्लो सगरमाथा सहित ६० बढी हिमश्रङ्खला, सयौँ प्रजातीका चराहरु, रेडपाण्डा सहितका लोपोन्मुख वन्यजन्तु अध्ययनसँगै पदयात्रा पनि गर्न पाउने आयोजकले बताउनु भएको छ।
महोत्सवमा स्वदेशी , भारतीय र तेस्रो देशका गरी १० हजार पर्यटक आउने विश्वास रहेको छ। ।
महोत्सवका प्रचारप्रसारका लागि यसअघि झापाको काँकरभिट्टा, पोखरा र काठमाडौँमा अन्तरक्रिया गरिएको छ ।
भारतको पश्चिम बंगालको सिलगुढीमा समेत अन्तरक्रिया कार्यक्रम गरिने छ ।
विश्व रामसार सुचिमा सुचिकृत माईपोखरीबाट, नेपालका प्राकृतिक ग्रेटवाल छिन्टापू, कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरहुँदै पूर्वको मुस्ताङ जौबारी जोड्ने पदमार्गमा नेपाल र भारतका पर्यटन व्यवसायीहरुको उपस्थितिमा महोत्सवको आयोजना हुँदैछ । –––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077