विराटनगर, १६ चैत ःसूचना अधिकार प्रयोग गरी नागरिकलाई सुशुचित गराउने कार्यमा निरन्तर क्रियाशिल धनकुटाका सञ्चारकर्मी हरिबहादुर लम्जेल यस वर्षको प्रदेशस्तरीय ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार–२०८२ ’ आज यहाँ प्रदान गरिएको छ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ईन्द्रमणि पराजुलीले नेपाल पत्रकार महासंघ मोरङले संघको ७१ औँ स्थापना दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित एक कार्यक्रमवीच लम्जेललाई नगद रु २५ हजार २५ सहित सम्मानपत्रद्वारा उक्त पुरस्कार प्रदान गर्नु भएको छ।

सो अवसरमा मन्त्री पराजुलीले सूचना अधिकारको प्रभावकारी कार्यान्वयनले मुल्कमा भ्रष्टाचार नियन्त्रण हुनुका साथै सुशासन कायम गर्नमा सघाउ पुग्ने बताउनुभयो ।
उहाँले लोकतन्त्र सुदृढीकरणमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै सत्यतथ्यमा आधारित भएर जनताप्रति उत्त्तरदायि हुन आग्रह गर्नुभयो ।
मन्त्री पराजुलीले प्रदेश सरकारले सञ्चारकर्मीको वित्ति विकासका लागि प्रतिवद्ध रहेको बताउनुभयो ।
कोषका ंस्थापक केदारबहादुर बस्नेतले सूचना अधिकारको उपयोगमार्फत स्थानीय तहदेखि केन्द्रसम्मका निकायलाई जवाफदेही बनाउन पर्ने सुझाव दिनुभयो ।
महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले सत्य र तथ्यमा आधारित पत्रकारिताले मात्र समाजमा सकारात्मक परिवर्तन ल्याउने विचार राख्नुभयो ।

नेपाल पत्रकार महासंघका प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, प्रदेशका पूर्व अध्यक्ष लिलावल्लभ घिमिरे, जिल्ला उपाध्यक्ष सन्तोष सिग्देल पूर्वकेन्द्रीय उपाध्यक्ष यज्ञ शर्मा, महासचिव हेमा चेम्जोङ,मोरङ सहसचिव रेवती निरौला लगायतले लोकतन्त्र संस्थागत विकासको लागि स्वतन्त्र प्रेस आवश्यक भएको धारणा राख्नु भयो।
सोही अवसरमा मन्त्री पराजुलीले महासंघ मोरङले प्रकाशन गरेको नयाँ वर्ष २०८३ को क्यालेन्डर विमोचन गर्नु भयो ।–––