‘मौलिक संस्कृतिको संरक्षण गरी पुस्ता हस्तान्तरण गर्नुपर्छ’

Logo
Nav Nepal शुक्रबार, चैत्र २०, २०८२

विराटनगर, २० चैत ः भुजेल सेवा समिति विराटनगर महानगर समितिले आफ्नो भाषा , संस्कृति , भेषभूषाको संरक्षण तथा आजीवन सदस्यको सम्मान , भित्रेपात्रोको आज यहाँ विमोचनको गरिएको छ।
विराटनगर महानगरपालिकाको प्रमुख नागेश कोइरालाले समितिद्वारा प्रकाशित भित्रेपात्रोको विमोचन गर्दै समुदायको अमूल्य पहिचान—कला, सीप, भाषा र संस्कृतिको संरक्षण र प्रवद्र्धनगर्नुपर्ने बताउनुभयो ।
उहाँले समाजसँग सहकार्य गर्दै भाषा, संस्कृतिको संरक्षण, परम्परागत सीपको विकास, र नयाँ पुस्तामा यसको हस्तान्तरणका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रमुख कोइरालाले समाजले संचालन गरेको सीप विकास तामीम सञ्चालक प्रतिमा भुजेललाई सिलाई मेशिन हस्तान्तरण गर्नुका साथै आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
कार्यक्रममा समितिकाअध्यक्ष गोपाल भुजेल,सचिव गंगाभृजली कोषाध्यक्षपूर्ण पुजेल,आदिवासी जनजातिका सुरेशसिंह गनगाई ,प्राध्यापक विजय खतिवडा,यामुकमार भुजेल लगायतले भुजेल समुदायको मौलिक पहिचानलाई जोगाउँदै अगाडि वढ्नुपर्ने बताउनु भयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077