मुलुकको समग्र विकासमा नीजि क्षेत्रका भूमिका महत्वपूर्ण हुन्छ –महासंघ अध्यक्ष ढकाल

Logo
Nav Nepal आइतबार, चैत्र २२, २०८२

विराटनगर, २२ चैत ःनेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समग्र विकास एवं रोजगारी सिर्जनामा नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ।


महासंघ कोशी प्रदेशको आठैँ प्रदेश सभा तथा निर्वाचन कार्यक्रम–२०८२ को आज विराटनगरमा उद्घाटन गर्दै उहाँले प्राकृतिक स्रोत, कृषि, पर्यटन र उद्योग क्षेत्रमा सरकारको सहयोगमा स्थानीय स्रोत एवं साधानको अधिकृत उपयोग गरी मुलुकमा आर्थिक समृद्धि ल्याउने दावी गर्नुभयो ।


अध्यक्ष ढकालले मुलुकमा ८६ प्रतिशत रोजगारी सिर्जना गरेको नीजि क्षेत्रप्रति वर्तमान सरकारको दृष्टिकोणमा परिवर्तन भएको जानकारी गराउनु भयो ।
कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले नीजि क्षेत्रमैत्री कानुन निर्माण गरी मुलुकको अर्थतन्त्र चलायमान बनाउनु पर्ने सुझाव दिनु भयो ।
महासंघका कोशी अध्यक्ष राजेन्द्रबहादुर राउतले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिँदै प्रदेशमा कृषि, जल विद्युत र पर्यटन क्षेत्रमा अपार सम्भावना रहेको यसमा लगानी गर्न उद्योगी एवं व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ , लुम्विनी अध्यक्ष कृष्ण शर्मा, हेमराज ढकाल लगायतले सरकारले व्यवसायीक वातावरण निर्माण गरेमा विदेशी तथा स्वदेशी लगानी आउने धारणा राख्न भयो ।
महासंघ कोशीका लागि आज हुने निर्वाचनमा वर्तमान अध्यक्ष राउत र नविन रिजालवीच प्रतिस्पर्धा हुँदैछ ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077