महासंघ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित

Logo
Nav Nepal सोमबार, चैत्र २३, २०८२

विराटनगर, २३ चैत ः नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा पुनः राजेन्द्र राउत निर्वाचित हुनु भएको छ ।
महासंघ निर्वाचन समितिले आज आज घोषणा गरेको परिणाम अनुसार विजयी राउतले १४२ मत प्राप्त गर्नुभएको थियो भने प्रतिस्पर्धी नविन रिजालले ५८ मत ल्याउनु भएको थियो ।
निर्वाचनमा अध्यक्ष राउतको प्यानल नै बिजयी भएको छ ।


बिजयी हुनेमा जिल्ला नगरतर्फको उपाध्यक्षमा ऋषीराज तिम्सिना, वस्तुगततर्फ राजन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रविन दाहाल निर्विरोध निर्वाचित हुनु भएका छन् ।
यसैगरी कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल ,एसोसिएट सदस्यमा दुई जना देवकीनन्दन अग्रवाल र भविषकुमार श्रेष्ठ पनि निर्विरोध चयन भएका छन् ।
जिल्ला नगरबाट सदस्यहरुमा कृष्णप्रसाद रिजाल, राजु ढुंगाना राजीव, जयप्रकाश शर्मा, हर्क बहादुर श्रेष्ठ, नविन कुमार चौधरी निर्वाचित भएका छन भने बस्तुगत तर्फबाट सुभाष आचार्य र दिपक पाण्डे बिजयी भएका छन ।
महासंघ कोशीमा जिल्ला नगर उद्योग वाणिज्य संघहरुबाट ३८, वस्तुगत संघसंस्थाबाट १९ र एसोसिएटबाट १४८ गरी २०५ मतदाताले महासंघको नेतृत्व चयनका लागि मतदानमा सहभागि भएका थिए ।––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077