स्वास्थ्य कार्यक्रम परिणाममुखी हुनु पर्छ–स्वास्थ्यमन्त्री लिम्वु

Logo
Nav Nepal बिहिबार, चैत्र २६, २०८२

विराटनगर, २६ चैत ः कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्वुले प्रदेशमा सञ्चातिलत स्वास्थ्य कार्यक्रम परिणाममुखी हुनुपर्ने बताउनु भएको छ।
स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आज विराटनगरमा आयोजित कोशी प्रदेश स्तरिय एकिकृत अर्धबार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै उहाँले कार्यक्रमलाई नतिजामुखी बनाउन निर्देशन दिनुभयो ।


मन्त्री लिम्वुले स्वास्थ्य मन्त्रालयका आगामी प्राथमिकता स्थानीय तहमा नसर्ने रोगहरुको नियमित स्क्रिनिङ, मानसिक स्वास्थ्य सेवालाई आधारभूत तह सम्म पु¥याईने, प्रदेश भित्रका सवै अस्पतालमा डिजिटल रिपोर्टिङ प्रणाली शुरु गरिने, टिबी तथा खोप कार्यक्रमलाई प्रभावकारी बनाईने बताउनुभयो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले प्रदेश सरकारले धनकुटामा सञ्चालनको तयारी गरेको शिक्षण अस्पतालको संभावना र अवसरबारे छलफल गरि योजना आयोगलाई सुझाव दिन आग्रह गर्नु भयो ।


प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक डा ज्ञानबहादुर बस्नेतले समीक्षाले आगामी आर्थिक वर्षको योजना निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा चालु आर्थिक वर्ष २०८२–०८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको प्रगती समीक्षाको प्रस्तुतीकरणहरु नर्सिङ अधिकृत मञ्जु देवकोटा, आस्था थापा, रमेश बाराकोटी र डा. सभ्यता पन्थीले गर्नु भएको छ।
उहाँहरुले स्वास्थ्य मन्त्रालय, निर्देशनालय, तालिम केन्द्र र प्रदेश प्रयोगशालामा गरि १३१ स्वीकृत दरबन्दी मध्ये ५७ जना मात्रैको पदपुर्ती भएको र अहिले पनि ७४ दरबन्दी रिक्त रहेको बताउनुभयो ।
तीन दिन सम्म हुने कार्यक्रममा जिल्ला स्तरिय स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र आयुर्वेद कार्यालयका प्रमुखहरु लगायतको सहभागिता रहेको छ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077