विराटनगर ,२९ चैत । विराटनगरमा जारी पाँचौँ इक्युवालिटी महिला क्रिकेट कप प्रतियोगिता अन्तरगत आइतबार भएको लिगको अन्तिम खेलमा सिरहा हव र विराटनगर हव विजयी भएका छन् ।
नेपाल क्रिकेट फाउण्डेसनद्वारा आयोजित प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा सिरहाले आयोजक नेपाल क्रिकेट फाउण्डेसन–११ (एनसीएफ)लाई १ सय ३३ रनले पराजित गरेको छ। दुवै टिम यस अघिनै प्रतियोगिताबाट बाहिरिएका थिए ।
टस हारेर ब्याटिङ गरेकोे सिरहाले निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा १ सय ८६ रन बनाएको थियो ।
एनसीफले पाएको १ सय ८७ रनको लक्ष्य पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा ५३ रनमा सिमित भयो ।
यसैगरी दोस्रो खेलमा विराटनगरले राजविराजलाई २१ रनले पराजित गरेको छ ।
टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाई ९० रन बनाएको थियो ।
राजविराजले पाएको ९१ रनको लक्ष्य १७ दशमलव एक बल खेल्दै सवै विकेट गुमाई ६९ रन मात्र बनाउन सकेको थियो ।
चैत ३० गते विराटनगर हव र राजविराज हव वीच फाइनल प्रतिस्पर्धा हुने छ।–––