विराटनगर ,३० चैत ः विराटनगरमा जारी पाँचौँ इक्युवालिटी कप क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर हवले जितेको छ ।
नेपाल क्रिकेट फाउण्डेसनद्वारा विराटनगर आयोजनामा भएको प्रतियोगिता अन्तर्गत आज भएको फाइनल खेलमा विराटनगर हवले राजविराज हवलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो ।
टस हारेर ब्याटिङ गरेकोे विराटनगरले निर्धारित २० ओभरको खेलमा १८ दशमलव पाँच बलमा सवै विकेटको क्षतिमा ९७ रन बनाएको थियो ।
राजविराजले ९८ रनको लक्ष्य पाएकोमा पुरै ओभर खेल्दै छ विकेटको क्षतिमा ८६ रन बनाएको थियो ।
प्रतियोगिताको प्लेयर अफ द सिरिज र उत्कष्ट व्याटर राजविराजकी साक्षी यादव घोषित भइन् । त्यस्तै उत्कृष्ट बलर विराटनगरकी सुभेक्षा लिम्बु घोषित भइन् ।
यही चैत २७ गतदेखि शुरु भएको प्रतियोगितामा कोशी प्रदेशका विराटनगर हब तथा पथरी, इटहरी, धनकुटा र उदयपुरबाट संयुक्त टोली आयोजक एनसीएफ –११ र मधेश प्रदेशका राजविराज तथा सिरहाका दुई टोली सहभागी भएका थिए ।
कोशी क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डे, संघका पूर्व केन्द्रीय सदस्य जीना श्रेष्ठ र फाउण्डेशनका अध्यक्ष अभिशेक श्रेष्ठले विजेता एवं उपविजेता टोलीलाई ट्रफि र पुरस्कार वितरण गर्नुभयो ।–––