अरनिको विद्यालय–विज्ञान सङ्कायमा उत्कृष्ट

Logo
Nav Nepal शनिबार, बैशाख ०५, २०८३

विराटनगर, ५ वैशाख ः नेपालभरीमा विज्ञान सङ्कायमा उत्कृष्ट रहेको विराटनगर–१० स्थित अरनिको सेकेण्डरी विद्यालयले आज कक्षा १२ का २२ औँ व्याजका विद्यार्थीहरुलाई विदाई कार्यक्रमको आयोजना गरेको छ।


विद्यालयका विद्यार्थीहरुले विगतमा चिकित्सक, इन्जिनियरिङ, विएसस्सी नर्सिङ, लगायतका विभिन्न प्राविधिक विषयहरुको प्रवेश परीक्षामा स्वदेश तथा तेस्रो विश्वका विभिन्न विश्वविद्यालय उत्कृष्ट स्थान प्राप्त गरी पूर्णछात्रवृत्तिमा अध्ययन गरिरहेका छन् गरेका छन् ।


विद्यालयका प्राचार्य राजेश कार्कीले कार्यक्रमको उद्घाटन गर्दै गत वर्ष १९ जना विद्यार्थीहरुले एमविविएसमा पूर्ण छात्रवृत्तिमा नाम निकालेकोले त्यो भन्दा धेरै नाम निकाल्न विद्यार्थीहरुलाई आग्रह गर्नु भयो।


उहाँले जीवनमा सफलता केवल नतिजाले मात्र मापन हुँदैन भन्दै राम्रो नागरिक र असल व्यक्तित्वका रूपमा आफूलाई स्थापित गर्न शुभकामना दिनु भयो ।
सो अवसरमा कलेजका संचालक समितिका सदस्य विकास खनाल, विमल भट्टराई,विद्यार्थीहरु सुन्निमा न्यौपाने, अनिल मण्डल ,अर्पिता राजवंशी र मुस्कान गुप्ताले यहाँबाट सिकेको ज्ञान, अनुशासन, मेहनत र संस्कारले भविष्यमा सफलता दिलाउनेछ भन्ने विश्वास व्यक्त्त गरेका छन् ।


उहाँहरुले आफ्नो लक्ष्यप्रति स्पष्ट रहनुहोस्, निरन्तर मेहनत गर्नुस् र चुनौतीहरूलाई अवसरका रूपमा लिन आग्रह समेत गर्नुभयो ।
सो अवसरमा प्राचार्य कार्की लगायतले दोस्रो त्रेमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरु मन्जीला, प्रतिभा रौनियार,प्राञ्जल नेपाललाई नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा शिक्षक राजीव मिश्रले गीत प्रस्तुत गर्नु भएको थियो ।


यसैगरी कक्षा ११ र १२ का विद्यार्थीहरुले विभिन्न नेपाली तथा मातृभाषामा नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालयमा कक्षा १२ मा एक हजार दुई सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077