विराटनगर,८ वैशाख ःत्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक रामचन्द्र अधिकारीले प्राणी शास्त्रमा विद्यावारिधि (पीएचडी) गर्नु भएको छ ।
डा.अधिकारी स्नाकोत्ततर क्याम्पस विराटनगरको प्राणीशास्त्र विभागको प्रमुख हुनुहुन्छ ।
अधिकारीले ‘रेसस बाँदर’का विषयमा विद्यावारिधि हाँसिल गर्नु भएको हो ।
अध्ययनले नेपालका विभिन्न उचाइ क्षेत्रमा पाइने रेसस बाँदरको पारिस्थितिक तथा व्यवहारिक पक्षको गहिरो विश्लेषण गरेको छ।
अनुसन्धानले उचाइअनुसार वातावरणीय परिवर्तनले बाँदरको बानी, आहार, समूह संरचना र बसोबासमा पार्ने प्रभावबारे महत्वपूर्ण तथ्यहरू उजागर गरेको बताइएको छ।
यस अध्ययनले वन्यजन्तु संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा जैविक विविधता व्यवस्थापनमा उपयोगी योगदान पु¥याउने बताइएको छ।
यो नेपाल र दक्षिण–पूर्वी एसियामा पाइने रातो अनुहार भएको, बुद्धिमानी र सामाजिक ‘ओल्ड वल्र्ड’ बाँदर हो ।–––
।