मुलुकमा गार्मेन्ट क्षेत्रले रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान –महासंघ अध्यक्ष राउत

Logo
Nav Nepal मंगलबार, बैशाख ०८, २०८३

विराटनगर,८ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र साउथ एसियन वाच एण्ड ट्रेड ईकोनोम्मीक्स एण्ड ईनभाईरोमेन्ट (सावती) को सहकार्यमा नेपालको एलडीसि स्तरउन्नती र गार्मेन्ट तथा टेक्स्टाइल विषयक अन्तरकृया कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष श्री राजेन्द्र राउतको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा वहाले गार्मेन्ट तथा टेक्सटाइल क्षेत्रले विगतमा रोजगारी सिर्जनाको लागि उल्लेख्य योगदान गरेको बताउदै कोटा प्रणालीको सगै यो धरायशी बन्दै गएको बताउनु भयो । कोशी प्रदेशमा टेक्सटायल क्षेत्रमा धैरै उद्योगहरु संचालनमा रहेको र रोजगारी सृजना गर्नमा उल्लेख्य योगदान गरेको बताउनु भयो ।
कार्यक्रमको उदेश्य माथि सावतीको सिनियर फेलो निलु थापाले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नु भएको थियो ।
सावतीका कार्यकारी निर्देशक पारष खरेलले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विकासन्मोख राष्ट्रमा स्तर उन्नतीले चूनौती सिर्जना गर्ने बताउदै यस बाट सबै भन्दा प्रभावित गार्मेन्ट तथा टेक्सटायल क्षेत्र रहने बताउनु भयो ।


नेपालमा उत्पादन भएका टेक्सटायल निर्यात गर्दा लागत बढी भएको बताउनु भयो तर काठमाण्डौ भन्दा भौगोलिक अवस्थितिले कोशी प्रदेश लाई सहज हुने बताउनु भएको थियो । यस क्षेत्रमा दक्ष कामदारको कमी, लजिस्टिक तथा बित्तीय पहुच र उद्योग संचालनको लागि जग्गा जमीनको पहुँचमा कमी रहेको तथा नेपाली टेक्सटायलहरु हाम्रो कलाकारीताले गर्दा पनि विदेशिले किन्ने गरेका उल्लेख गर्नु भयो । हामीमा डिजायन तथा ब्राण्डीङ र विदेशमा के के ट्रेण्ड छ त्यती ख्याल गरिने प्रचलन नरहेको बताउनु भयो ।
यस क्षेत्रमा विशेष गरेर ६० प्रतिशत महिला संम्लग्न रहेका छन् धैरै ईनफरमल रुपमा चलेको छ तथा कामदारहरुको फरमल कन्ट्रयाङ्क्ट नरहेको बताउनु भयो ।
यस क्षेत्रमा क्रस बोर्डर ई–कमर्श बाट निर्यातको संभावना छ । ब्यवसायिहरुलाई निर्यातमा अनुदान ग्राजुएशन भएबाट प्राप्त हुदैन । यदि भारत सगको पश्चिम पोर्टमा हाम्रो पहुँच भयो भने हाम्रो निर्यातमा अलि सहज हुन्थ्यो ।

कार्यक्रममा अध्यक्ष राउतले गार्मेन्ट उद्योगको दिगोपनका अध्ययनले औल्याएका विषयहरुबारे जानकारी माग्नु भएको थियो ।
अध्ययन प्रतिवेदन माथि टिप्पणी गर्दै प्रगती टेक्सटायलका प्रदिप निरौलाले अध्ययन कहिले कहाँ सम्पन्न भएको भनि प्रति प्रश्न गर्दै निर्यातमा मात्रै हामीले ध्यान दिने हो कि देशमै खपत बढाउने बताउदै नेपालमा बनेको र भन्सारबाट आएका कपडा लाउने ४० प्रतिशत मात्र छ बाँकी सबै अबैध बाटोबाट आएको नियमन हुनु पर्ने बताउनु भयो ।
गार्मेन्ट संचालक शिव रिजालले नेपाल हाम्रो उद्योग सग सम्बन्धीत विषय पहिलो चोटी ल्याउनु भएकोमा धन्यवाद दिदै यो क्षेत्रमा दक्ष जनशत्ती सम्बन्धमा पाउन नसकिएको बताउनु भयो । कोशी प्रदेशका टेक्सटायलहरु वायरहरुको पहुँचमा जान नसकिरहेको बताउनु भयो ।
रियान्यस स्पिनिङ्ग मिल्सका रमेश सिग्देलले हामीले ० प्रतिशतमा टर्की निर्यात गरिरहेका छौ । हामीले जिआरयस सर्टिफिकेट लिएका छौ । स्वदेशी कच्चा पदार्थबाट हामीले उत्पादन गर्न खोजिरहेका छौ तर लार्ज स्केलमा सकिरहेका छैनौ ।
अल्लो हामीमा अमेरिकाबाट माग आएको छ । कटन र रेशम यहि पाउने हो भने यहि धेरै काम गर्न सकिने बताउनु भयो ।
रघुपति जुट मिल प्रा लिका प्रतिनिधिले कच्चा पदार्थ अभावबाट ठूलो समस्या भोगिरहेको बताउनु भयो।
देवराज दाहाल गार्मेन्ट संचालक यहाँ समस्या लिएर आउने होईन समाधान दिन सक्नु पर्ने बताउनु भयो ।
महेश खत्री विराट ब्यापार संघ निवर्तमान अध्यक्षले उद्योग लगाउन प्रकृयागत कुराहरु झन्झटीलो रहेको बताउनुदै नेपालमा काम गर्ने मान्छे पाउन नसकिएको बताउनु भयो ।
भन्सार एजेन्ट संघका प्रतिनिधिले सरकारले अवस्था हेरेर फ्रि ट्रेड सम्झौता गर्नु पर्ने बताउनु भयो ।
ईस्तियात मोहम्बद नेपाल अपिरल्सका प्रतिनिधिले नेपालको उत्पादनमा चाईनाको उत्पादनले धरायशी पार्दै गईरहेको बताउनु भयो ।
कार्यक्रम उठेका विषयमा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष तथा सावतीका प्रतिनिधीज्यूहरु सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा रेमी परियोजना र नेपाल उद्योग वाणिज्य महासंघ वीचको सहकार्यमा संचालित बैदेशीक रोजगारबाट फर्किएर आएका ब्यत्तीहरुलाई रोजगारी उपलब्ध गराउने परियोजनाबारे टेक्सटाय उद्योग प्रतिष्ठानका संचालकहरु सग अन्तरक्रिया संचालन गरिएको थियो ।
कार्यक्रममा कोशी प्रदेशका करीव ४० जना गार्मेन्ट तथा टेक्सटायल उद्योगका संचालकहरुको उपस्थिति रहेको थियो ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077