पार्टीमा युवाहरुलाई आकर्षित गर्नु जरुरी छ – नेका सभापति थापा

Logo
Nav Nepal बुधबार, बैशाख ०९, २०८३

विराटनगर,९ वैशाख ः नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा युवाहरुलाई आकर्षित गर्नुपर्ने बताउनु भएको छ।
नेकां कोशी प्रदेश समितिद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीमा उहाँले युवाहरुलाई पार्टी, इतिहास, विगतमा गरेका कार्यहरु, सुशासन कायम राख्न गरेका कार्य र मुलुकको विकासमा यसको योगदानका विषयमा जानकारी दिनु आवश्यक रहेको छ ।
सभापति थापाले गत निर्वाचनमा पार्टीको घटेको १० लाख मतका सम्बन्धमा आवश्यक चिन्तन गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो ।
उहाँले स्थानीय र प्रदेशमा अहिले पनि धेरै स्थानमा नेकांको सरकार रहेकोले यसले सुशासन, भ्रष्टाचार नियन्त्रण र जनहितको पक्षमा कार्य गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले नेकांलाई स्मार्ट बनाउन क्रियाशिल सदस्यहरुको नवीकरण अद्यावधिक गर्न लागेको हो भन्दै पार्टीका जेष्ठ सदस्यहरुको सदस्यता एतिहासिक भएकोले यसलाई डिजिटल गरी सुरक्षित गरिने प्रष्ट पार्नुभयो ।
उहाँले आगामी १५ औ महाधिवेशनमा सबैलाई सहभागी गराउने जिम्मेवारी आफ्नो रहेको हो भन्दै रिसाएका १० लाख मतदातालाई पार्टीमा फर्काउने दावी गर्नुभयो ।
उहाँले पार्टीमा चार पुस्तालाईसंगै मिलाएर संगठन मजवुद गर्ने प्रतिवद्धता व्यक्त्त गर्नुभयो ।
पार्टीका उपसभापति पुष्पा भुसालले कार्यकर्ताहरुलाई हालै सम्पन्न निर्वाचनको परिणामवाट निराश नहुन आग्रह गर्नु भयो ।
उहाँले संगठनलाई सुदृढ वनाई पार्टीलाई आगाडि वढाउनुपर्नेमा जोड दिनु भयो ।
नेका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो एवं सुदृढ बनाउन क्रियाशिल सदस्यहरुले पार्टीको नीतिका विषयमा घरघरमा जनतालाई जानकारी दिन जानु जरुरी रहेको बताउनुभयो ।
पार्टीमा उत्साह र नयाँ जीवन ल्याउन वडास्तरीय सदस्य डिजिटल अद्यावधिक गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
अर्का महामन्त्री गुरुराज घिमिरेले पार्टीलाई पुर्नजीवन दिन वडास्तर देखि केन्द्रसम्म अद्यावधिक गर्न लागिएको जानकारी दिनुभयो ।
नेकाका स्थानीय सरकारले गरेको लोकप्रिय कार्यको प्रचार प्रसार नहुनु पनि निर्वाचनको पराजयको एक कारण भएको बताउनुभयो ।
गोष्ठीमा गत संसदीय निर्वाचनमा नेकाबाट संसदीय क्षेत्रमा उम्मेदवार भई पराजीत उम्मेदवारले पार्टीका सदस्यहरुको मत अन्य पार्टीमा जानु, युवा पुस्ता नयाँ पार्टीप्रति आकर्षित हुनु , सामाजिक सञ्जालको प्रयोग र विदेशमा रहेका युवाहरुले आमा, वुवा, हजुरआमा, हजुरवुवालाई मत नयाँ पार्टीमा दिनु लगायतका कारण भएको बताएका छन् ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077